यी हुन् यस वर्षका उत्कृष्ट १० निजामती कर्मचारी
निजामती सेवा दिवस २०७९ को अवसरमा नेपाल सरकारले उत्कृष्ट निजामती सेवा पुरस्कार र निजामती सेवा पुरस्कारबाट कर्मचारीहरूलाई सम्मानित गरेको छ । गत भदौ २१ को मन्त्रिपरिषद्को निर्णय अनुसार सो पुरस्कार वितरण गरेको हो ।
उत्कृष्ट निजामती सेवा पुरस्कार प्राप्त गर्ने कर्मचारीहरूमा आन्तरिक राजस्व विभागका निर्देशक पदमकुमार श्रेष्ठ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका उपसचिव दीपकप्रसाद खतिवडा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव हरिप्रसाद ज्ञवाली, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयकी उपसचिव मुना शर्मा र पाख्रीवास नागरपालिका धनकुटाका प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेल रहेका छन् ।
त्यस्तै, गृह मन्त्रालयका उपसचिव शोभाखर रेग्मी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव सन्तोष पौडेल, पर्यटन मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर सचिन्द्रकुमार यादव, लोकसेवा आयोगकी शाखा अधिकृत रुकु शर्मा पौडेल र कोष तथा लेखा नियन्त्रक कार्यालय रुपन्देहीका सह लेखापाल महँगु लोधले पनि उत्कृष्ट निजामती सेवा पुरस्कार प्राप्त गरेका छन् ।
हेर्नुहोस् उत्कृष्ट निजामती सेवा पुरस्कार र निजामती सेवा पुरस्कार प्राप्त गर्ने कर्मचारीहरूको सूची :


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण