३७ लागिन् बलिउडकी बोल्ड अभिनेत्री राधिका
बलिउड अभिनेत्री राधिका आप्टे आज आफ्नो ३७ औं जन्मदिन मनाउँदै छिन् । उनका अधिकांश फिल्म ओटीटीमा रिलिज भएकाले उनलाई ओटीटी क्वीन समेत भन्ने गरिन्छ । आफ्नो उत्कृष्ट अभिनयले करोडौं फ्यानका मन जित्न सफल उनी बोल्ड विषयका फिल्म अभिनयका लागि परिचित छिन् ।
७ सेप्टेम्बर १९८५ मा पूणेमा जन्मिएकी उनको फिल्ममा प्रवेश निकै फिल्मी ढंगले भएको थियो । वास्तवमा, जब उनी शास्त्रीय नृत्य सिक्दै थिए, एक कास्टिङ निर्देशकले उनलाई देखेका थिए । उनको नृत्यको आकर्षक मुद्राले सबै निर्देशकलाई प्रभावित बनाएको थियो । त्यही क्रममा निर्देशकले उनलाई फिल्म अफर गरेका थिए ।
उनले ‘वाह लाइफ हो तो ऐसी’ फिल्मबाट बलिउडमा डेब्यु गरेका हुन् । उनले आफ्नो करियरमा बंगाली र मराठी फिल्ममा पनि काम गरिसकेकी छिन् । यस बाहेक अभिनेत्रीले चलचित्र ‘माझी’ द माउन्टेन म्यानमा गरेको अभिनयको प्रशंसा मिलेको थियो । उनी ‘वाह लाइफ हो तो ऐसी’, ‘रक्त चरित्र’, ‘रक्त चरित्र २’, ‘शोर इन द सिटी’, ‘बदलापुर’, ‘हन्टर’, ‘प्याडम्यान’ जस्ता फिल्ममा पनि देखिएकी थिइन् । यी फिल्ममा उनको अभिनयको निकै तारिफ भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण