सन्तोष पन्तले भने- दीपकराजको फिल्म चलोस्
वरिष्ठ हास्य कलाकार सन्तोष पन्तका चेला हुन् दीपकराज गिरी । दीपकको अभिनयको कुरा हुँदा प्राय सन्तोषको पनि कुरा हुन्छ । तर, बुधबार सन्तोष पन्तको फिल्म ‘हिजो आजका कुरा’ दीपकको पनि कुरो भयो । प्रसंग हो सन्तोषको अभिनय तथा निर्माण रहेको फिल्म ‘हिजो आजका कुरा’ । फिल्म असोजको २८ गतेबाट देशभर एकसाथ रिलिज हुँदैछ । फिल्म रिलिज भएको एक सातापछि अर्थात कात्तिक ४ मा दीपकको फिल्म ‘छक्का पन्जा ४’ रिलिज हुने चर्चा छ । दीपकले आफ्नो फिल्मको रिलिज मिति भने तोकेका छैनन् ।
बुधबारको प्रेस मिटमा कलाकार पन्तलाई कात्तिक ४ मा दीपकको फिल्म रिलिज हुँदा तपाईंको फिल्म चेपुवामा त पर्दैन ? पश्न समेत राखिएको थियो । जवाफमा कलाकार पन्तले भने आफ्नो फिल्मको कथावस्तु राम्रो भएकोले दर्शकले मन पराउने बताए । उनले आफ्नो फिल्मको अलवा दीपको फिल्म पनि चल्नुपर्ने धारणा राखे । भने–‘मेरो फिल्म नचले पनि चेलाको फिल्म चलोस् ।’
पन्त फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित ‘हिजो आजका कुरा’ मा सन्तोष पन्त, साकार पन्त, रमा थपलिया, केकी अधिकारी, ऋचा शर्मा, दिब्व्यदेव, रिमा विश्वकर्मा, स्व.जयनन्द लामा, लक्ष्मी भुसाल, जेविका कार्की, रमेश अधिकारी, मञ्जु श्रेष्ठ, विनय कुईंकेल, अनुष्का अधिकारी, निराजनप्रसाद अर्याल, सविन शाक्य, कमला रेग्मी, रिहान केसी लगायतको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण