निर्देशक बिडारीको गुनासो– हिन्दी फिल्मका कारण शो पाउन सकेनौ
सोमबार आयोजित प्रिमियरमा राम्रो प्रशंसा पाएको फिल्म ‘ऐना झ्यालको पुतली’ लाई हल पाउन सकस भएको छ । शुक्रबारबाट रिलिजको तयारीमा रहेको फिल्मले मल्टिप्लेक्सले अझै शो पाउन नसकेको हो । जसको गुनासो निर्देशक सुजित बिडारीले सामाजिक सञ्जालमार्फत गरेका छन् ।
सामाजिक सञ्जालमा एक पोष्ट गर्दै बिडारीले फिल्मलाई दर्शकसम्म पुर्याउन कठिन भइरहेको बताएका छन् । ‘तपाई सबैले ‘ऐना झ्यालको पुतली’ प्रति देखाउनुभएको सद्भाव, अपनत्व र यो त मेरै कथा हो भनेर व्यक्त गरेको स्वीकारोक्ति, यी सबै कुराप्रति सार्है कृतज्ञ छौं’ उनले अगाडि लेखेका छन् ‘भावनात्मक कुराले मात्रै फिल्म चल्दैन । फिल्म चल्नका लागि हलमा दर्शक पुग्नुपर्छ ।’ उनले एक हिन्दी फिल्म सेन्सर नभएका कारणले फिल्मको शो नपाएको गुनासो गरेका छन् ।
‘ऐना झ्यालको पुतली’ सुजित बिडारीकै लेखन रहेको फिल्म हो । आकाश पौडेल, प्रवीण स्याङ्बो, रामकृष्ण पोखरेल र सुजित बिडारी स्वयंले मिलेर बनाएका हुन् । उच्च शिक्षाको अभिलाषा पालेकी एक किशोरीको कथा भनेको फिल्मले बुसान, ढाका, फ्रिबर्ग लगायत थुप्रै अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा छनौट भएर पुरस्कृत समेत जितेको थियो । फिल्ममा सिरु विष्ट, कञ्चन चिमरिया, दिनेश खत्री, उमेश श्रेष्ठ, अशोक शिवाकोटी लगायतको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण