आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

नागरिकता विधेयकका विषयमा राष्ट्रपति भण्डारीले जसपासँग छलफल गर्ने

बिहीबार, २३ भदौ २०७९, १२ : ४१
बिहीबार, २३ भदौ २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले आज जनता समाजवादी पार्टी नेपालका शीर्ष नेताहरुसँग छलफल गर्ने भएकी छिन् । राष्ट्रपति भण्डारीले नागरिकता विधेयकको विषयमा केही दिनदेखि विभिन्न दलका शीर्ष नेताहरुसँग छलफल गर्दै आएकी छिन् । 

यसअघि प्रतिनिधि सभा र राष्ट्रिय सभा बाट पारित गरि प्रमाणीकरणका लागि राष्ट्रपति भण्डारीलाई पठाइएको विधेयक थप छलफल गर्न भन्दै भण्डारीले प्रतिनिधिसभामा फर्काइ दिएकी थिइन् । प्रतिनिधि सभा र राष्ट्रिय सभाले पुनः त्यसलाई जस्ताको त्यस्तै पारित गरेको छ ।

राष्ट्रपति भण्डारीले विधेयक प्रमाणीकरण गर्ने कि नगर्ने विषयमा दलहरूसँग परामर्श थालेकी हुन् । काँग्रेस, एमाले, माओवादी केन्द्रलगायत अन्य साना दलहरूसँग राष्ट्रपति भण्डारीले छलफल गरि सकेकी छिन् । 

नागरिकताको विषयमा छलफलका लागि आज दुई वजे छलफलका लागि बोलाइएको जसपाका कार्यकारिणी सदस्य रामसहाय यादवले बताए । 

संविधानअनुसार राष्ट्रपतिले दोस्रो पटक सो विधेयक फिर्ता पठाउन मिल्दैन । राष्ट्रपति भण्डारीले विधेयक १५ दिनसम्म पनि प्रमाणीकरण नगरी निष्क्रिय बनाउन सकिन्छ कि सकिदैन भन्ने विषयमा विभिन्न पक्षसँग परामर्श थालेकी छिन् । संविधान अनुसार दोस्रो पटक दुबै सदनबाट पारित भएर आएको विधेयक राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप