कमेडियन अपूर्व क्षितिज रिहा
बिहीबार, २३ भदौ २०७९, १७ : १६
कमेडियन अपूर्व क्षितिज सिंहलाई हाजिर जमानीमा रिहा गरिएको छ । कोरोना संक्रमणका कारण पछि हाजिर गराउने गरी उनलाई जमानीमा रिहा गरिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख गंगा पौडेलले रातोपाटीलाई बताए । काठमाडौं प्रहरीले उनलाई रिहा गर्न वकिल कार्यालयलाईसँग राय मागेको थियो ।
जिल्ला प्रहरी परिसर टेकुको हिरासतमा राखिएका अपूर्व बिरामी भएपछि प्रहरीले गत मंगलबार उपचारका लागि वीर अस्पताल भर्ना गरेको थियो । बुधबार मात्रै अपूर्वलाई थप पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले प्रहरीलाई अनुमति दिएको थियो । अपूर्वलाई प्रहरीले १२ भदौमा पक्राउ गरेर थुनामा राखेको थियो । नेवा समुदायमाथि लक्षित गर्दै व्यङ्ग्य सामाग्री प्रसारण गरेको आरोपमा उनी पक्राउ परेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण