साफ च्याम्पियनसिप खेल्ने महिला टोलीलाई मेयर बालेन र उपमेयर डंगोलको शुभकामना
नेपाली राष्ट्रिय महिला फुटबल टिमलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेन र उपमेयर सुनिता डंगोलले भेटेका छन् ।
मेयर बालेन र उपमेयर डंगोलले शुक्रबार इन्द्रजात्राका लागि अन्तर्राष्ट्रिय प्रतिनिधिहरुसँग भेटघाट गर्न सोल्टी होटल जाँदा राष्ट्रिय टिमलाई पनि भेटेर साफ महिला च्याम्पियनसिपका लागि शुभकामना दिएका हुन् ।
‘भेटेर साफ च्याम्पियनसिपमा राम्रो गर्न शुभकामना दिनुभएको थियो । हौसला प्रदान गर्नुभयो,’ एक खेलाडीले भनिन् । २१ भदौदेखि सुरु भएको महिला साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले भुटानलाई ४–० को जित निकालेको थियो । नेपालले सोमबार श्रीलंकासँग खेल्ने तालिका छ ।
समूह ‘बी’ मा रहेको नेपालसँगै भुटान र श्रीलंका छन् । यता, समूह ‘ए’ मा साविक तथा प्रतियोगिताको एकमात्र विजेता भारत, पाकिस्तान, बंगलादेश र माल्दिभ्स छन् । समूहका शीर्ष दुई टिम सेमिफाइनल प्रवेश गर्नेछन् । प्रतियोगिताको फाइनल खेल ३ असोजमा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–चीन सम्बन्ध सुदृढ बनाउन चिनियाँ राजदूतका चार प्रस्ताव
-
‘विकासको अन्तिम मापन नागरिकको जीवनस्तरमा आउने सुधारले मात्र हुन्छ’
-
शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजनाः मस्यौदामाथि छलफल
-
सीपीसी र रास्वपाको विचारधारा फरक भए पनि मूल लक्ष्य जनहित र राष्ट्रिय प्रगति नै हो : महामन्त्री आचार्य
-
‘नेपाललाई भू-जडित मुलुक बनाउन बीआरआई आयोजनालाई तीव्र पार्नुपर्छ’
-
विकास बाहिरबाट आयात गर्ने विषय होइन, नेपालको आफ्नै मोडल चाहिन्छ : शाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण