बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

फिलिपिन्सको मिस्टर इन्टरनेसनलमा नेपालको प्रतिनिधित्व मानसले गर्ने

शुक्रबार, २४ भदौ २०७९, १२ : २१
शुक्रबार, २४ भदौ २०७९

‘मिस्टर सुप्रानेशनल नेपाल २०२२’ का फस्ट रनरअप मानस कुमार राई फिलिपिन्सको ‘मिस्टर इन्टरनेसनल २०२२’ मा सहभागी हुने भएका छन् । १४ औं संस्करणको यो प्रतियोगितामा राईलाई सनुरर्भी इन्टरनेसनलले नेपालको प्रतिनिधिको रुपमा पठाउन लागेको हो । 

सनुरर्भी इन्टरनेसनलले यसै वर्षबाट ‘मिस्टर इन्टरनेसनल’ को फ्रेन्चाइज समेटेको हो । राजधानी आयोजित एक कार्यक्रममा सुनरभी इन्टरनेशनलका अध्यक्ष डा. सन्तोष उपाध्यायले आफूले सुप्रानेसनलसँंगै इन्टरनेसनलको फ्रेन्चाइज पनि लिएको र उक्त प्रतियोगिता नेपालमा गत जेठ १५ गते आयोजना गरिएको जानकारी दिए । उनले भने ‘अब आगामी वर्षमा गरिने मिस्टर नेशनल नेपालमा २ विजेता हुनेछन् । 

एक विजेताले मिस्टर सुप्रानेसनलमा र अर्काेले मिस्टर इन्टरनेसनलमा भाग लिनेछन् ।’ यसैका साथसाथै मिस्टर नेशनलमा पनि मिस सुप्रानेसनलसँगै अर्को फ्रेन्चाइज पनि हुनसक्ने जानकारी दिए ।
कार्यक्रममा मिस इन्टरकन्टिनेन्टलको क्राउनिङ समेत प्रदान गरिएको थियो । विपना अधिकारीले ताज जितेकी समारोहमा रजनी मिश्र फस्र्ट रन अप र यरी तुलाधर सेकेन्ड रनर अप घोषित भए ।

उक्त प्रतिस्पर्धाको लागि गत हप्ता अडिसन र बन्द अन्तरवार्तामा भएको थियो । जसमा डा. सन्तोष उपाध्याय, मिस नेपाल अर्थ प्रिया सिग्देल , बडि आर्टिस्ट डिभिनिस भनिने अनिष तामाङ निर्णायकमा थिए ।

मिस इन्टरकन्टिनेन्टलको राष्ट्रिय निर्देशक राजेश रौनियारको पनि कार्यक्रममा सहभागिता थियो । विपनाले आगामी महिनामा इजिप्टमा हुने मिस इन्टरकन्टिनेन्टलमा भाग लिने छिन् । 

नेपालको सौन्दर्य प्रतियोगितामा छोटो समयमै राम्रो प्रभाव जमाउन सफल  सनुरभी इन्टरनेशनलका अध्यक्ष डा. उपाध्याय आफू मिस्टर नेपाल २०१९ विजेता हुन् । मिस्टर सुप्रानेसनल २०२१ मा थर्ड रनर अप हुदै ग्राण्ड स्ल्याम पिजेन्टमा नेपालको हालसम्मकै उच्च स्थान हासिल गर्ने उनी पहिलो ब्यक्ति हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप