कांग्रेस मनाङले टुङ्ग्यायो उम्मेदवारको सिफारिस
नेपाली कांग्रेस मनाङले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार टुङ्ग्याएको छ । प्रतिनिधिसभा प्रत्यक्षतर्फ केन्द्रीय सदस्य टेकबहादुर गुरुङलाई उम्मेदवार बनाउनका लागि सर्वसम्मत सिफारिस गरिएको छ ।
कांग्रेसको जिल्ला कार्यसमिति बैठकले क्षेत्रबाट आएको सिफारिसअनुसार नेता गुरुङलाई एकल र सर्वसम्मतरूपमा सिफारिस गरेको पार्टी सभापति शङ्कर गुरुङले जानकारी दिए । प्रतिनिधिसभा समानुपातिकतर्फ महाधिवेशन प्रतिनिधि च्युङ गुरुङ (कर्मा)लाई सिफारिस गरिएको छ ।
प्रदेशसभा क्षेत्र नं १ (क) मा प्रत्यक्षतर्फ सङ्दो लामा, चन्द्र घले, छिरिङ घ्याल्पो लामा र मुनिन्द्रजङ्ग लामाको नाम सिफारिस गरिएको छ । समानुपातिकतर्फ महेन्द्र घलेको नाम सिफारिस गरिएको जनाइएको छ ।
प्रदेशसभा क्षेत्र नं १ (ख)मा गठबन्धन सरकारका स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्ने निर्णय भएको सभापति गुरुङले बताए । गण्डकी प्रदेश सरकारमा गठबन्धनका पार्टी र स्वतन्त्र सांसद सहभागी छन् । यसअघि राजीव गुरुङ (दीपक मनाङे) मनाङबाट स्वतन्त्ररुपमा प्रत्यक्षबाट निर्वाचित भएका थिए ।
कांग्रेस नेतृत्वको सरकार बनाउन भूमिका खेलेका खेलकुदमन्त्री गुरुङलाई कांग्रेसले गठबन्धनको भावना र पार्टीको नीतिअनुसार सहयोग गर्ने निर्णय गरेको बताइएको छ । प्रदेशसभा निर्वाचन क्षेत्र (ख) समानुपातिकतर्फ कांग्रेसले जनजातितर्फ कर्मा गुरुङ र महिलातर्फ गीता गुरुङलाई सिफारिस गरेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण