शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

शनिबार, २५ भदौ २०७९, ०६ : १२
शनिबार, २५ भदौ २०७९

आज देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले लुम्बिनी  र गण्डकी प्रदेशका केही स्थानहरुमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशको पहाडी भूभागका केही  स्थानहरूमा र  बाँकी प्रदेशका थोरै  स्थानहरूमा  चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । यी दुई प्रदेशमा राति पनि भारी वर्षाको सम्भावना छ ।

भारी वर्षाको सम्भावना रहेका पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै खहरे खोलाहरुमा पानीको बहाव बढ्न सक्ने भएकोले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप