ट्रसको मन्त्रिपरिषद्मा चार अश्वेत नेतालाई महत्वपूर्ण जिम्मेवारी
नयाँ बेलायती प्रधानमन्त्री लिज ट्रसले गठन गरेको मन्त्रिपरिषद्‌मा पहिलो पटक अश्वेतलाई महत्वपूर्ण मन्त्रालयको जिम्मा दिइएको छ । ट्रसले क्वासी क्वार्टेङलाई पहिलो अश्वेत अर्थमन्त्रीको रूपमा नियुक्त गरेकी छिन् । उनका आमाबाबु सन् १९६० को दशकमा घानाबाट आएका थिए । त्यस्तै जेम्स क्लिभरली पहिलो अश्वेत विदेश मन्त्री बनेका छन् ।
क्लिभरलीकी आमा सियरा लियोनकी हुन् भने बुबा अश्वेत हुन् । उनले विगतमा अश्वेत मतदाताहरूलाई आकर्षित गर्न पार्टीले अझ धेरै गर्न आवश्यक भएको बताएका थिए । त्यस्तै, अश्वेत समुदायकै प्रतिनिधत्व गर्ने सुएला ब्रेभरम्यानलाई गृह मन्त्रालयको जिम्मा दिइएको छ । उनका आमाबाबु केन्या र मरिससका हुन् ।
ट्रस मंगलबार मात्र देशको प्रधानमन्त्री बनेकी थिइन् । उनी देशकै तेस्रो महिला प्रधानमन्त्री हुन् । यसैबीच, निवर्तमान प्रधानमन्त्री बोरिस जोनसनले आफ्ना उत्तराधिकारी लिज ट्रसलाई समर्थन गर्ने वाचा गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
वैदेशिक रोजगारीसम्बन्धी ठगी र गुनासाका घटना बढ्दै
-
नागरिकसँगको प्रत्यक्ष संवादका लागि झापाका गाउँटोलमा रास्वपा सांसद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण