मिस ग्राण्ड नेपाल २०२२ को उपाधि ऐश्वर्य श्रेष्ठलाई
मिस ग्राण्ड नेपाल २०२२ को ताज ऐश्वर्य श्रेष्ठले पहिरिएकी छन् । कस्मो इभेन्ट्स र बोली क्लब ग्रुपले संयुक्त आयोजना गरेको प्रतियोगितामा १४ जनालाई उछिन्दै श्रेष्ठले ताज पहिरिएकी हुन् । श्रेष्ठले मिस ग्राण्ड नेपाल २०२२ को ताज साथै नगद रु. ६ लाख रुपैया पुरस्कार पाएकी हुन् । नवविजेता श्रेष्ठले इन्डोनेसियाको बालीमा हुने मिस ग्राण्ड इनटरनेस्नलमा नेपालबाट सहभागीता जनाउनेछिन् । प्रतियोगितामा फ्रस्ट रन्नर अप बर्षा भण्डारी र सेकन्ड रन्नर अप रक्षा उप्रेती भएकी छन् ।
मिस ग्राण्ड नेपाल २०२२ को निर्णायक मण्डलमा अभिनेता अनुपविक्रम शाही, -यापर आशिष राना (लाहुरे), मिस नेपाल अर्थ २०१८ प्रिया सिग्देल, समाजसेवी छिरिङ्ग वाङ्डी, सौन्दर्य प्रतियोगिता संघ नेपालका महासचिव निशु झा, मिस ग्राण्ड नेपालका नेसनल डाइरेक्टर सुरेश तामाङ रहेका थिए ।
आयोजकको अनुसार यस बर्ष मिस ग्राण्ड नेपाल २०२२ को प्रमुख विषयवस्तु युद्ध र हिंसा कसरी रोक्न सकिन्छ भन्ने थियो । प्रतियोगीमा सहभागीहरुलाई श्रृंगार, नृत्य, ब्यक्तित्व बिकास, भाषण कला, आत्मरक्षा र अभिनय सिकाइएको आयोजकले बताए ।
त्यस्तै प्रतियोगितामा मिस पपुलर तन्नु शाक्य, मिस पर्सनालिटी बर्षा भण्डारी, मिस बेस्ट स्विम सुट बर्षा भण्डारी, मिस कन्फिदेन्स सामना कार्की, मिस फोटोजेनिक स्वस्तिका मगर, मिस कन्जिनलिटी सुदेश्ना महर्जनलाई उपाधिसमेत दिइएको थियो ।
कार्यक्रम लाजिम्पाट स्थित होटेल शंकरमा आयोजना गरिएको थियो भने शो कोरियोग्राफर सुजित बश्यालले गरेका थिए । कार्यक्रम सन्चालन मिस ग्राण्ड नेपाल २०१८ विजेता उरुशा जोशीले गरेकी हुन् । विभिन्न फेशन डिजाइनरहरुले तयार पारेको पहिरनहरुमा सहभागीहरु स्टेजमा उत्रिएका थिए । प्रतियोगिता ३६५ इभेन्ट्स एण्ड मिडियाले व्यवस्थापन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण