गुल्मी २ बाट रामकुमारी झाँक्री सिफारिस
आइतबार, २६ भदौ २०७९, ११ : ३४
नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्रीलाई समाजवादी गुल्मीले निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यको लागि सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस गरेको छ ।
समाजवादीले क्षेत्र नं. २ मा भने प्रमेश पोखरेललाई प्रतिनिधि सभा सदस्यका उम्मेदवार सिफारिस गरेको छ । वामदेव गौतम नेतृत्वको नेकपा एकता अभियानका केन्द्रीय सदस्य पोखरेललाई गुल्मी जिल्लाको इन्चार्ज बनाइएको छ । सह-इन्चार्जमा गणेश बिश्वकर्मा रहेका छन् ।
यसैबीच पार्टीको जिल्ला भेलाले श्रीराम महतको अध्यक्षतामा जिल्ला कमिटि पुनर्गठन गरेको छ । केही दिनअघि एकीकृत समाजवादी गुल्मीका अध्यक्ष नरेश भण्डारी र इन्चार्ज गणेश खनाल सहित ७ जना कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेपछि जिल्लाको कमिटि पुनर्गठन गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण