‘देशद्रोही पुस्तक प्रकाशन गरेको अभियोगमा हङकङका पाँच जनालाई जेल सजाय
‘देशद्रोही’ पुस्तक प्रकाशन गरेको अभियोगमा हङकङका पाँचजना 'स्पिच थेरापिस्ट'लाई जेल सजाय सुनाइएको छ । बालबालिकासम्बन्धी ती पुस्तक लेख्ने पाँचै जना थेरापिस्टलाई १९ महिनाको जेल सजाय सुनाइएको हो । भेडाहरूले आफ्नो गाउँमा ब्वाँसाहरुलाई रोक्न खोजेको पुस्तकको विषयलाई अधिकारीहरूले हङकङ र बेइजिङ सरकारको सन्दर्भसँग जोडेका छन् ।
पुस्तकले मानिसहरूको दृष्टिकोणबाट इतिहासलाई क्रमबद्ध रूपमा तयार पारिएको लेखकहरूले तर्क गरेका छन् । तर,सरकारले छनोट गरेका न्यायाधीशले लेखकले ‘ब्रेनवासको अभ्यास’ गरेको निस्कर्ष निकालेका छन् । पाँच जना ‘स्पीच थेरापिस्ट’ म्यान–लिङ, मेलोडी येउङ, सिडनी एनजी, स्यामुएल चान र फयलन्गले यसअघि नै एक वर्षभन्दा बढी जेलमा बिताइसकेका छन् ।
सन् २०२० देखि चीनले नयाँ राष्ट्रिय सुरक्षा कानून लागू गरेपछि नागरिक स्वतन्त्रतामाथिको दमनबीच चीनले सजाय सुनाएको हो । सहरलाई स्थिरतातर्फ लैजान कानुन आवश्यक भएको बेइजिङले तर्क गर्दै आएको छ । तर, असन्तुष्टलाई दमन गर्न र हङकङको स्वायत्तलाई कमजोर पार्न उक्त कानुन आवश्यक रहेको बेइजिङले दाबी गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण