शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

‘देशद्रोही पुस्तक प्रकाशन गरेको अभियोगमा हङकङका पाँच जनालाई जेल सजाय

आइतबार, २६ भदौ २०७९, १२ : २१
आइतबार, २६ भदौ २०७९

‘देशद्रोही’ पुस्तक प्रकाशन गरेको अभियोगमा हङकङका पाँचजना 'स्पिच थेरापिस्ट'लाई जेल सजाय सुनाइएको छ । बालबालिकासम्बन्धी ती पुस्तक लेख्ने पाँचै जना थेरापिस्टलाई १९ महिनाको जेल सजाय सुनाइएको हो । भेडाहरूले आफ्नो गाउँमा ब्वाँसाहरुलाई रोक्न खोजेको पुस्तकको विषयलाई अधिकारीहरूले हङकङ र बेइजिङ सरकारको सन्दर्भसँग जोडेका छन् । 

पुस्तकले मानिसहरूको दृष्टिकोणबाट इतिहासलाई क्रमबद्ध रूपमा तयार पारिएको लेखकहरूले तर्क गरेका छन् ।  तर,सरकारले छनोट गरेका न्यायाधीशले लेखकले ‘ब्रेनवासको अभ्यास’ गरेको निस्कर्ष निकालेका छन् । पाँच जना ‘स्पीच थेरापिस्ट’ म्यान–लिङ, मेलोडी येउङ, सिडनी एनजी, स्यामुएल चान र फयलन्गले यसअघि नै  एक वर्षभन्दा बढी जेलमा बिताइसकेका छन् । 

सन् २०२० देखि चीनले नयाँ राष्ट्रिय सुरक्षा कानून लागू गरेपछि नागरिक स्वतन्त्रतामाथिको दमनबीच चीनले सजाय सुनाएको हो । सहरलाई स्थिरतातर्फ लैजान कानुन आवश्यक भएको बेइजिङले तर्क गर्दै आएको छ । तर, असन्तुष्टलाई दमन गर्न र हङकङको स्वायत्तलाई कमजोर पार्न उक्त कानुन आवश्यक रहेको बेइजिङले दाबी गर्दै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप