लालबहादुर र अस्मिता मिस्टर एण्ड मिस थारु घोषित
‘मिस्टर एण्ड मिस थारु २०२२’ को उपाधि बर्दियाका लालबहादुर रत्गैया र अस्मिता चौधरीले जितेका छन् । शनिबार काठमाडौँमा आयोजित ग्राण्ड फिनालेमा १६ जना प्रतिस्पर्धीलाई पछि पार्दै चौधरीले मिस थारुको उपाधि चित्दा १५ प्रतिस्पर्धीलाई पछि पार्दै रत्गैया मिस्टर थारुको उपाधि हात पारे ।
दुबै विजेताले नगद ५० हजार, क्राउन र अन्य विभिन्न उपहार प्राप्त गरे । जह इन्टरटेनेमन्ट प्रा।लिको आयोजना रहेको कार्यक्रममा मिस तर्फ चितवनकी सोनुकुमारी महतो फस्ट रनरअप र सप्तरीकी सदीक्षा चौधरी सेकेण्ड रनरअप भए । दुबैले क्रममा ३०, २० हजार, क्राउनलगायत अन्य उपहारहरु प्राप्त गरे ।
त्यसैगरि मिस्टर तर्फ सप्तरीका रोशन चौधरी फस्ट रनरअप र पर्साका लिलानाथ प्रसाद थारु सेकेण्ड भए । दुबैले क्रमश ३०, २० हजार नगद र अन्य उपहारहरु समेत पाए । विभिन्न अवार्डहरु समेत प्रदान गरिएको कार्यक्रममा मिस थारुतर्फ ट्यालेन्ट सोनु महतो, पर्सनालिटी रञ्जु चौधरी, बेस्टवाक बिना धमला थारु, कल्चर रिप्रिजेन्टिटिभ सुष्मा कुमारी चौधरी, डिसिपिलन केनिशा चौधरी, फोटोजेनिक रेनुका चौधरीले घोषित भए ।
त्यस्तै मिस्टर थारुतर्फ ट्यालेन्ट असिम थारु, पर्सनालिटी लालबहादुर रत्गैया, बेस्ट वाक आशिष चौधरी, कल्चर रिप्रिजेन्टिटिभ आशिष थारु, डिसिपिलन हेमन्त चौधरी, फोटोजेनिक लिलानाथ प्रसाद थारु र पब्लीक च्वाईस राजिव चौधरीले पाए । थारु कला, सँस्कृति प्रवद्र्धन उदेश्यले जह इन्टरटेनेमन्ट प्रा।लिले कार्यक्रम आयोजना गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण