नेपाली बालिकालाई भेट्ने ‘पुष्पा’ अभिनेत्री रश्मिकाको इच्छा
सुपरहिट फिल्म ‘पुष्पा ः द राइज’ की अभिनेत्री रश्मिका मन्दानाले आफ्नो गीतमा नाच्ने नेपाली बालिका भेट्न चाहेको बताएकी छन् । उनले बालिकाले आफ्नो गीत ‘सामी सामी’ मा नाचेको एक भिडियो शेयर गर्दै उनीसँग भेट्ने इच्छा राखेकी हुन् ।
भिडियोका साथ रश्मिकाले सामाजिक सञ्जालमा लेखेकी छन् ‘मेड माइ डे । म यी ब्युटीफुल क्युटीलाई भेट्न चाहन्छु । कसरी भेट्न सक्छु ?’ ‘सामी सामी’ गतिमा डान्स गर्ने बालिका मकवानपुर हेटौँडाको रसल एकेडेमीकी छात्रा हुन् । बरिसा क्षेत्री नाम गरेकी छात्रा अहिले युकेजीमा अध्ययनरत छिन् । उनले यो गीतमा विद्यालयको हरेक शुक्रबार हुने अतिरिक्त क्रियाकलाप अन्तर्गत डान्स गरेकी हुन् ।
करिब ६ महिना अगाडि उनले गरेको यो डान्स अहिले आएर भाइरल भएको रसल एकडेमीका प्रिन्सिपल सरोज पौडेलले बताए । ‘त्यो डान्स करिब ६ महिना अगाडिको कार्यक्रमको हो । अहिले अपलोड भएको हो ।’ रश्मिकाको पछिल्लो फिल्म ‘पुष्पा’ ले नेपालमा पनि राम्रो व्यवसाय गरेको थियो ।
Maaaaadddddeeeeee myyyyy daaaaaay.. I want to meet this cutie..💘
— Rashmika Mandanna (@iamRashmika) September 14, 2022
how can I? 🥹 https://t.co/RxJXWzPlsK
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण