शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

आजदेखि एमडीएमएस कार्यान्वयनमा, कस्ता मोबाइल चल्दैनन् ?

बिहीबार, ३० भदौ २०७९, १० : ०३
बिहीबार, ३० भदौ २०७९

नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि  मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडीएमएस लागू गर्ने भएको छ । विदेशबाट अवैध रुपमा आयात भएका मोबाइलको प्रयोगमा प्रतिबन्ध लगाउने उद्देश्यसहित आजदेखि एमडीएमएस कार्यान्वयन गर्न लागिएको हो 

मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण र प्रयोगलाई निरुत्साहित गर्न तथा चोरी भएका र हराएका मोबाइल फोनको ट्र्याकिङ तथा ब्लकिङ गरेर चल्न नमिल्ने बनाउनको लागि यो प्रणाली लागू गरिएको प्राधिकरणले जनाएको छ आजसम्म विदेशबाट व्यक्तिगत तवरमा ल्याइएका मोबाइल सेट स्वतः एमडीएमएसमा दर्ता हुने पनि प्राधिकरणले जनाएको छ । यो सिस्टम लागु भएपछि अवैध मोवाई चल्दैनन् । 

मोबाइल आयातकर्ता र बिक्रेताले मोबाइल आयात गर्नुअघि अनिवार्य रुपमा स्वीकृति लिएर प्राधिकरणमा दर्ता भएका मोबाइल मात्रै खरिदबिक्री गर्न प्राधिकरणले सचेत गराएको छ ।  विदेशबाट किनेर वा उपहारका रुपमा आएका मोबाइलको पनि आईएमईआई दर्ता गर्नुपर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप