शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

मोबाइल फोनको चोरी पैठारी बढ्यो, तत्काल आयात खोलौँ : मलहोत्रा

बिहीबार, ३० भदौ २०७९, ०४ : ००
बिहीबार, ३० भदौ २०७९

मोबाइल फोन इम्पोर्टर्स एशोसिएशनका अध्यक्ष दीपक मलहोत्राले मोबाइल फोनको आयात तत्काल खोल्नुपर्ने बताएका छन् । बिहीवार मोबाइल डिभाइस म्यानेजमेन्ट सिष्टमको शुभारम्भ कार्यक्रममा बोल्दै अध्यक्ष मलहोत्राले सरकारले हचुवाको भरमा मोबाइल फोन आयात रोकेको आरोप लगाएका हुन् । 

उनले मोबाइल फोन आयात बन्द हुँदा बजारमा मोबाइल आयातमा ठुलो विकृति बढेको बताए । अध्यक्ष मलहोत्राले नेपालमा ५० प्रतिशत भन्दा बढी मोबाइल फोनहरू चोरी पैठारीबाट नेपाल भित्रिने गरेको दाबी गरे । धेरै लामो समयको प्रयासपछि मोबाइल सेटहरूमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडिएमएस सुरु भएकाले आजदेखि अवैध रूपमा भित्र्याएका मोबाइल फोनहरू बन्द हुने बताए । 

उनले नेपालमा वार्षिक ५५ अर्ब भन्दा बढीको आयात हुने भए पनि यो वर्ष २७ अर्ब रुपैयाँको मोबाइल फोन आयात हुने जानकारी दिए । उनले वैधानिक रूपमा मोबाइल आयात बन्द गर्दा अवैध रूपमा नेपाल आयात २८ अर्बको हुने दाबी गरे । अध्यक्ष मलहोत्राले सरकारलाई मोबाइल फोन आयात गर्दा २५ प्रतिशत अर्थात् ७ अर्ब रुपैयाँ बराबरको राजश्व गुम्ने बताए । नेपालमा ७० प्रतिशत वैधानिक रूपमा र ३० प्रतिशत अवैध रूपमा मोबाइल फोन आयात हुने गरेको जिकिर गरे । 

उनले मोबाइल फोन आयात खोल्नको लागि सरकारलाई बारम्बार ध्यानाकर्षण गर्दा समेत व्यवसायीहरूको कुरा नसुनेको बताए । उनले अवैध रूपमा नेपालमा आयात भएका मोबाइल सेटहरूमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडिएमएस लागू भएको उपलक्ष्यमा मोबाइल व्यवसायीहरूले एक दिन दीपावली बनाउने घोषणा गरे । 

चार वर्षको लामो समयको प्रयासपछि सरकारले बिहीबारदेखि अवैध रूपमा आयात भएका मोबाइल सेटहरूमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडिएमएस सुरु गरेको छ । आजदेखि नेपाल दूरसञ्चार प्राधिकरणले  एमडिएमएस  सुरु गरेको हो । नेपालमा चोरी पैठारी तथा अवैध रूपमा भित्रिने मोबाइल सेटहरूको आयात रोक्ने उद्देश्यका साथ प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट प्रणाली कार्यान्वयनमा ल्याएको हो । 

यो प्रणाली लागू भएसँगै नेपालमा भित्रिने सबै मोबाइल अनिवार्य दर्ता गर्नुपर्ने भएको छ । यदि दर्ता नभएको खण्डमा ती मोबाइल सेट नेपालमा चल्दैनन् । यो प्रणाली लागू हुनुभन्दा अघिका मोबाइल स्वतः चल्नेछन् भने प्रणाली लागू हुनुभन्दा पछिका सबै मोबाइल दर्ता गर्नुपर्ने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप