महाभियोग सिफारिस समितिको अन्तिम बैठक सुरु, आजै प्रतिवेदन बुझाउने तयारी
सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथिको महाभियोग सिफारिस समितिको बैठक सुरु भएको छ । सिंहदरबारस्थित कानुन न्याय तथा मानवअधिकार समितिको हलमा बैठक बसिरहेको छ । आजको बैठकबाट महाभियोगको प्रतिवेदनलाई अन्तिम रूप दिएर सभामुखलाई बुझाउने तयारी छ ।
आज बिहान ९ बजेदेखि १२ बजेसम्म बसेको बैठकमा प्रधानन्यायाधीश राणाले अघिल्लो दिन हस्ताक्षर गर्न बाँकी रहेको बयानको लिखतमा हस्ताक्षर गरेका थिए । त्यसपछि समितिका सांसदहरूले राणासँग पुरक प्रश्न सोधेका थिए । दिउँसो प्रतिनिधि सभाको बैठक भएकोले ३ बजेसम्मका लागि स्थगित भएको थियो । प्रतिनिधि सभा बैठक चलिरहेका बेला समितिका ११ जना सांसदहरू सिंहदरबार पुगेर महाभियोग सम्बन्धमा आवश्यक निर्णय गरी प्रतिवेदनलाई अन्तिम रूप दिने तयारीमा छन् । आज मध्यरातदेखि प्रतिनिधि सभाको अधिवेशन अन्त्य हुन लागेकोले त्यसअघि सभामुखलाई प्रतिवेदन बुझाउने समितिको योजना छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा बालयौन दुराचारको अभियोगमा सजाय काटेका कुम्ब्स अमेरिकमा पनि दोषी ठहर
-
नेपालमा जलवायु-स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी
-
जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट एक करोड १४ लाख राजस्व सङ्कलन
-
तस्करीको नयाँ शैली : सिरक र ज्याकेटभित्र सिलिकनमा मिसाएर ल्याइएको साढे ४ किलो कोकेन बरामद
-
जलवायु स्मार्ट कृषि विस्तारको लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी
-
अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य ३ प्रतिशतले बढ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण