बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

देशको संस्कृति र संस्कार जितिया पर्वमा समेटिएको छ : प्रधानमन्त्री देउवा

आइतबार, ०२ असोज २०७९, ०६ : ४६
आइतबार, ०२ असोज २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको जितिया पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै यो पर्वले विविधताभित्र एकता र सामाजिक सद्भावलाई प्रवर्धन गर्नमा टेवा पुर्‍याएको बताएका छन् । 

उनले आमा र सन्ततिबीचको माया, प्रेम, समर्पण र वात्सल्य प्रगाढ बनाउन यो पर्वबाट प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन्। ‘यस पर्वले आमा र सन्ततिबीचको पारस्परिक सद्भाव, मातृत्व पूर्ण सम्बन्ध र सहिष्णुताको भावनालाई थप प्रगाढ र सुदृढ पार्न प्रेरणा प्रदान गरोस्’, उनको सन्देशमा उल्लेख छ।

देउवाले शुभकामना सन्देशमार्फत हाम्रा संस्कृति र संस्कारमा रहेका विशिष्ट पहिचानका विशेषतालाई जितिया पर्वले पनि समेटेको उल्लेख गरेका छन् । साथै उनले यस पर्वले विविधताभित्र एकता र सामाजिक सद्भावलाई प्रवद्र्धन गर्नमा टेवा पु¥याएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप