ताइवानमा शक्तिशाली भूकम्प
आइतबार, ०२ असोज २०७९, ०७ : २५
ताइवानमा शक्तिशाली भूकम्प गएको छ । ताइवानको पूर्वी तटमा ६ दशमलब ६ म्याग्निच्यूडको भूकम्प गएको अमेरिकी भौगोलिक सर्वेक्षण केन्द्र (युएसजीएस)ले जनाएको छ । भूकम्प तटीय सहर ताइतुङबाट करिब ५० किलोमिटर (३० माइल) उत्तरमा १० किलोमिटर गहिराइमा गएको युएसजीएसले जनाएको छ ।
भूकम्पबाट भएको क्षतिको पूर्ण विवरण सार्वजनिक हुन बाँकी छ । तथापि, स्थानीय सञ्चार माध्यमहरुले भूकम्पले खासै क्षति नपुर्याएको जनाएका छन् ।
ताइवानको केन्द्रीय मौसम व्युरोले भने भूकम्प ६ दशमलब ४ म्याग्‍निच्यूड रहेको जनाएको छ । दुईओटा टेक्टानिक प्लेटको बीचमा रहेको ताइवानमा बारम्बार भूकम्प जाने गर्छ । ७ म्याग्नेच्यूडको भूकम्प नजादासम्म सामान्यतया सुनामीको चेतावनी दिइँदैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जुवातास खेलिरहेको अवस्थामा ३१ जना पक्राउ
-
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ
-
लक्ष्मी सनराइज बैंकको काठमाडौं उपत्यकाभित्र २ वटा शाखा स्थानान्तरण
-
अर्जेन्टिनामा ६० वर्षीय महिला बनिन् मिस ब्युनस आयर्स
-
बिहारमा जेडीयू नेताको गोली हानी हत्या, के भन्छ प्रहरी ?
-
मिटरमा चल्नै मान्दैनन् पोखराका ट्याक्सी