श्वेताले गर्भावस्थाको फोटो पहिलो पटक गरिन् सार्वजनिक
आइतबार, ०२ असोज २०७९, १७ : ०९
अभिनेत्री श्वेता खड्काले गर्भवती भएको फोटो पहिलो पटक सार्वजनिक गरेकी छिन् । उनले आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्टमा दुईवटा तस्बिर पोस्ट गरेकी छिन् । तस्बिरमा श्वेताले कालो पहिरन लगाएकी छिन् भने उनका श्रीमान् विजयन्द्र सिंह रावत निलो सर्ट र कालो पाइन्टमा देखिएका छन् । यी दुई निकै खुसी देखिएका छन् ।
उनले फोटो पोस्ट गर्दै विभिन्न ह्यासट्यागसमेत प्रयोग गरेकी छिन् । ‘प्रेगनेन्सी पिक्चर्स’, ‘वर्किङमम’, ‘बेबी बम्प’, ‘ब्लेस्ड’ लगायतका कि–वर्ड प्रयोग गरेकी छिन् । उनको यो पोस्टमा हालसम्म ३ सय बढीले बधाई तथा शुभकामनासहित कमेन्ट गरेका छन् भने लगभग ११ हजारले लाइक गरेका छन् ।
श्वेताले कार्तिकतिर आफ्नो पहिलो सन्तान जन्माउने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण