बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

जब कट्रिनाले गुलशन ग्रोवरसँग दिइन् इन्टिमेट सीन, दुई घण्टासम्म भयो रिहर्सल !

बुधबार, ०५ असोज २०७९, १० : ४१
बुधबार, ०५ असोज २०७९

बलिउडकी चर्चित अभिनेत्री कट्रिना कैफले फिल्म ‘बूम’ मार्फत् फिल्ममा ड्ब्यू गरेकी थिइन् । सन् २००३ मा रिलिज भएको यो फिल्ममा अमिताभ बच्चन, ज्याकी श्रोफ, गुलशन ग्रोवर, जिनत अमानलगायतको अभिनय थियो । तर, फिल्म बक्स अफिसमा भने नराम्रोसँग फेल भएको थियो । फिल्म रिलिज भएको १९ वर्ष बितिसकेको छ तर यसका केही दृश्यलाई दर्शकले बिर्सन भने सकेका छैनन् ।

बूम फिल्ममा गुलशनसँग इन्टिमेट भएकी थिइन् कट्रिना

यो फिल्ममा कट्रिना कैफ र गुलशन ग्रोवरको एउटा किसिङ सिन थियो । यो निकै भाइरल भएको थियो ।

एकपटक गुलशन ग्रोवरले यो सीनबारे कुरा गर्दै भनेका थिए, ‘यो सीनका लागि हामी यति नर्भस थियौँ कि दुई घण्टा यसको रिहर्सलमा लागेको थियो ।’

गुलशनले कट्रिना कैफलाई निकै आदरका साथ स्मरण गरे । गुलशनले भने, ‘कट्रिना नयाँ नयाँ यो क्षेत्रमा आएका बेला त्यति नै गम्भीर थिइन् जति अहिले छिन् । उनले पहिला मलाई जस्तो व्यवहार गर्थिन्, अहिले पनि त्यस्तै नै छ । जबकी उनी अहिले सुपरस्टार भइसकेकी छिन् । ’

फिल्मको त्यो भाइरल किस सीनबारे कुरा गर्दै गुलशनले भनेका थिए, ‘फिल्ममा यस्तो सीन थियो त के गर्ने ? बाध्यतामा भए पनि गर्नै पर्छ ।’

गुलशनलाई फिल्मको त्यो सीनको रिहर्स गर्नका लागि घण्टौँ लागेको थियो हो भनेर सोधिएको प्रश्नमा उनले भनेका थिए, ‘हो, यो साँचो हो । सीनको रिहर्सलमा हामीलाई धेरै समय लागेको थियो । तर प्राक्टिसको रेफरेन्स अलि भिन्न थियो । यो इन्टिमेट सीन स्क्रिनमा देखाइने भएकोले हामीले पक्कै पनि यसको रिहर्सल गर्याँै । वास्तवमा यसको डाइलग रिहर्स गरिएको थियो तर रिहर्सको अर्थ तपाईंहरुले अरु नै लगाइरहनुभएकामे थियो । यसमा हाम्रो दोष के छ र ?’

रिहर्सल गर्दा अमिताभको इन्ट्रि

गुलशनको जवाफ पछि पनि जब उनलाई थप  प्रश्न सोधियो तब अभिनेताले ‘केही त मिस्ट्रि रहन देउ’ भनेर ठट्टा गरे । त्यसपछि गुलशनले थपे, ‘यो सीनको रिहर्सलका बेला अमिताभ बच्चन पनि अचानक आएका थिए । यसैकारण उनीहरु थोरै नर्भस भएका थिए । तर, बिग बीले हामी सबैलाई प्रोत्साहित गर्नुभयो । त्यसपछि अमिताभले निर्देशकलाई भने, ‘के हो यार, यिनीहरुको सीन यति राम्रो भइरहेको छ, हाम्रो सीन कसरी सुट गरिरहेको छौ ?’’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप