बुटवल बसपार्कमा सहायता कक्ष स्थापना
बुटवल उपमहानगरपालिकाले चाडबाडलाई ध्यानमा राखेर बुटवलस्थित नयाँ बसपार्कमा सहायता कक्ष स्थापना गरेको छ । चाडबाडको समयमा यात्रुहरू अलपत्र पर्ने, ठगिने, असुरक्षा हुने र स्वास्थ्य सम्बन्धी समस्या हुनसक्ने भएकाले आजदेखि बसपार्कमा सहायता कक्ष स्थापना गरेको हो ।
सहायता कक्षबाट यात्रुहरुले स्वास्थ्य चेकजाँच, परामर्श, केही अत्यावश्यक औषधि, मास्कजस्ता सुविधा पाउने नगरपालिका शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनालले बताए । बसपार्कमा आएर अलपत्र परेकाको उद्धार तथा घरसम्म पुग्न बेखर्ची भएकाहरूलाई अवस्था हेरेर सहजीकरण र सहायता गर्ने छ । उनले हिन्दुहरूको चाडपर्व दसैँ तिहार र छठ सम्म बसपार्कमा डेस्क रहनेछ ।
चाडबाडमा यात्रुहरूको भिडभाड बढी हुने र बसपार्कभित्र फोहोर समेत बढ्ने भएकाले नियमित रूपमा औषधि छर्ने कामलाई पनि निरन्तर जारी रहने छ ।
कोभिड १९, डेंगु र अन्य श्वासप्रश्वासबाट सर्ने रोगलाई ध्यानमा राखेर मास्क लगाउनका लागि प्रेरित गर्ने र स्वास्थ्य सचेतना फैलाउने काम गर्नका लागि बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म सहायता कक्षमा कर्मचारी खटिने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण