शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

को हुन् आमिर खानकी छोरीका प्रेमी नुपुर शिखरे ? गर्छन् यो काम

शुक्रबार, ०७ असोज २०७९, ११ : ३४
शुक्रबार, ०७ असोज २०७९

आमिर खानकी छोरी आइरा खानले इन्गेजमेन्ट गरेकी छिन् । आइरालाई उनका प्रेमी नुपुर शिखरेले फिल्मी शैलीमा प्रस्ताव राखेका छन् । आइराले प्रेमीले राखेको प्रस्तावको भिडियो आफ्नो इन्स्टाग्राम अकाउन्टमा सेयर गरेकी छिन् ।

को हुन् नुपुर शिखरे ?

नुपुर शिखरे एक फिटनेस ट्रेनर हुन् । उनले ‘फिटनेसिजम’ मार्फत् व्यवसाय सुरु गरेका छन् । उनलाई फिटनेस एक्सपर्ट र कन्सल्टेन्टको रुपमा पनि चिनिन्छ । उनले निकै समय अघि आइराको ट्रेनर थिए । स्मरण रहोस्, आइराका पिता आमिर खानका ट्रेनर पनि नुपुर शिखरे हुन् । आमिर खान र आइरा खानबाहेक नुपुर शिखरेले लगभग एक दशकसम्म सुष्मिता सेनलाई ट्रेन गरेका छन् ।

आइरासँग कहिले सुरु भयो प्रेम सम्बन्ध ?

सन् २०२० को लकडाउनका बेला आइराले आफ्नो फिटनेसमाथि ध्यान दिन सुरु गरिन् । नुपुरले उनलाई त्यतिबेला तालिम दिएका थिए । ट्रेनिङका बेला नै नुपुर र आइराबीच निकटता बढ्यो र दुईले डेटिङ सुरु गरेका थिए । यस्तै फिटनेस ट्रेनर हुनुका साथै नुपुर शिखरे एक डान्सर पनि हुन् । उनले थुप्रै पटक आफ्नो डान्सिङ भिडियो पनि सेयर गरेका छन् ।

आइरा खानले सन् २०२१ मा नुपुर शिखरेसँग आफ्नो सम्बन्धलाई इन्स्टाग्राममार्फत् आधिकारिकता दिएकी थिइन् । आइराले नुपुरलाई थुप्रै पटक आफ्नो ड्रिम बोय भनेका छन् ।

एक–अर्कासँगको परिवारसँग पनि प्रेम

नुपुर शिखरे र आयरा खान एक–अर्काको परिवारसँग पनि निकै नजिक छन् । सन् २०२० मा आमिर खान र किरण रावको वैवाहिक वर्षगाँठमा दुबै सँगै थिए पनि भनिन्छ । यतिमात्रै होइन आइराका कजिन जैन खानको विवाहमा पनि उनीहरुलाई सँगै देखिएको थियो । क्रिसमस २०२१ मा नुपुर र आमिर खानले एउटै लुगामा ट्विनिङ गरेको देखिएको थियो । यी दुईबीचको बन्डिङ यहाँ स्पष्ट थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप