को हुन् आमिर खानकी छोरीका प्रेमी नुपुर शिखरे ? गर्छन् यो काम
आमिर खानकी छोरी आइरा खानले इन्गेजमेन्ट गरेकी छिन् । आइरालाई उनका प्रेमी नुपुर शिखरेले फिल्मी शैलीमा प्रस्ताव राखेका छन् । आइराले प्रेमीले राखेको प्रस्तावको भिडियो आफ्नो इन्स्टाग्राम अकाउन्टमा सेयर गरेकी छिन् ।
को हुन् नुपुर शिखरे ?
नुपुर शिखरे एक फिटनेस ट्रेनर हुन् । उनले ‘फिटनेसिजम’ मार्फत् व्यवसाय सुरु गरेका छन् । उनलाई फिटनेस एक्सपर्ट र कन्सल्टेन्टको रुपमा पनि चिनिन्छ । उनले निकै समय अघि आइराको ट्रेनर थिए । स्मरण रहोस्, आइराका पिता आमिर खानका ट्रेनर पनि नुपुर शिखरे हुन् । आमिर खान र आइरा खानबाहेक नुपुर शिखरेले लगभग एक दशकसम्म सुष्मिता सेनलाई ट्रेन गरेका छन् ।
आइरासँग कहिले सुरु भयो प्रेम सम्बन्ध ?
सन् २०२० को लकडाउनका बेला आइराले आफ्नो फिटनेसमाथि ध्यान दिन सुरु गरिन् । नुपुरले उनलाई त्यतिबेला तालिम दिएका थिए । ट्रेनिङका बेला नै नुपुर र आइराबीच निकटता बढ्यो र दुईले डेटिङ सुरु गरेका थिए । यस्तै फिटनेस ट्रेनर हुनुका साथै नुपुर शिखरे एक डान्सर पनि हुन् । उनले थुप्रै पटक आफ्नो डान्सिङ भिडियो पनि सेयर गरेका छन् ।
आइरा खानले सन् २०२१ मा नुपुर शिखरेसँग आफ्नो सम्बन्धलाई इन्स्टाग्राममार्फत् आधिकारिकता दिएकी थिइन् । आइराले नुपुरलाई थुप्रै पटक आफ्नो ड्रिम बोय भनेका छन् ।
एक–अर्कासँगको परिवारसँग पनि प्रेम
नुपुर शिखरे र आयरा खान एक–अर्काको परिवारसँग पनि निकै नजिक छन् । सन् २०२० मा आमिर खान र किरण रावको वैवाहिक वर्षगाँठमा दुबै सँगै थिए पनि भनिन्छ । यतिमात्रै होइन आइराका कजिन जैन खानको विवाहमा पनि उनीहरुलाई सँगै देखिएको थियो । क्रिसमस २०२१ मा नुपुर र आमिर खानले एउटै लुगामा ट्विनिङ गरेको देखिएको थियो । यी दुईबीचको बन्डिङ यहाँ स्पष्ट थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण