कर्मचारीहरूको बोनस खोसेर जनतालाई वितरण गर्दैनौं : मन्त्री भुसाल
उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले विद्युत् प्राधिकरणका कर्मचारीहरूको बोनस खोसेर सरकारले जनतालाई वितरण गर्ने योजना नभएको बताएकी छन् । शुक्रवार नेपाल विद्युत् प्राधिकरणको कर्मचारी युनियनको कार्यक्रममा बोल्दै मन्त्री भुसालले कर्मचारीहरूले कर्मचारीहरूको बोनस खोसेर सरकारले जनतालाई वितरण गर्ने योजना बनाएको भन्ने संकिर्ण सोच नराख्न आग्रह गरेकी हुन् ।
उनले बोनसको विषयमा फरक रूपमा राजनीतिकरण गर्ने काम नगर्न युनियनलाई निर्देशन दिइन् । मन्त्री भुसालले प्राधिकरण घाटामा रहँदा समेत ऋण गरेर भएपनि कर्मचारीहरूलाई तलब खुवाइएकाले नाफामा जाँदा तलब नदिने विषय नभएको बताइन् । उनले सरकारले अझै ७ लाख जनतालाई विद्युत् पु¥याउनुपर्ने अवस्था रहेको बताइन् । उनले प्राधिकरणका स्थायी र अस्थायी सबै कर्मचारीहरूले १० प्रतिशत बोनस नै पाउने बताइन् ।
मन्त्री भुसालले प्राधिकरणमा काम गर्ने सबै कर्मचारी भएकोले सबैले सम्मान बोनस दिने बताइन् । उनले सरकारले कर्मचारीहरूको १५ प्रतिशत तलब बढाए पनि मन्त्रीहरूको तलब नबढाएको बताइन् । मन्त्री भुसालले विद्युत् प्राधिकरणलाई १६ अर्बको नभएर १६ खर्ब नाफा गर्ने संस्थामा बदल्नुपर्ने बताइन् । उनले प्राधिकरणले १६ खर्बको नाफा गर्दा कर्मचारीहरूले अहिले पाएको भन्दा १६ गुणा बढी सेवा सुविधा बढ्ने बताइन् ।
मन्त्री भुसालले प्राधिकरणमा पाँच जना युनियनको नेता नभएर एक जना भए पुग्ने बताइन् । उनले प्राधिकरणमा आधिकारीक रूपमा एउटा युनियन बनाउन आग्रह गरिन् । उनले कार्यालय समयमा प्राधिकरणमा कुनै राजनीतिक नभएर संस्थाको वृद्धि विकासमा काम गर्न निर्देशन दिइन् । (न्युज एजेन्सी नेपाल)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण