शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

देउवाविरुद्ध उम्मेदवार बन्न बालकोट पुगे मल्ल

शुक्रबार, ०७ असोज २०७९, २० : ५६
शुक्रबार, ०७ असोज २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेस (विपी) का वरिष्ठ उपसभापति कर्णबहादुर मल्लबीच भेटवार्ता भएको छ । शुक्रबार साँझ ओलीको निवास बालकोटमा आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा चुनावी तालमेलका सन्दर्भमा झन्डै ३ घण्टा कुराकानी भएको हो ।

एमाले र विपी काँग्रेस सँगै निर्वाचनमा जानेबारे व्यापक  छलफल भएको वरिष्ठ उपसभापति मल्लले बताए ।  उनले भने, ‘आसन्न निर्वाचनमा दुबै पार्टी सँगसँगै जनताका बीचमा जाने कुरामा पनि व्यापक छलफल भयो । दुई वटै पक्षले एक आपसमा बसेर गृहकार्य गरि चाँडै टुंगो लगाउने  सहमति पनि भएको छ ।’

नेपाली कांग्रेसबाट निष्कासित मल्ल डडेलधुरामा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध उम्मेदवार बन्ने तयारीमा छन् । गत वैशाखमा भएको स्थानीय निर्वाचन पनि डडेलधुरामा एमाले र कांग्रेस वीपीबीच चुनावी तालमेल भएको थियो ।

संघको निर्वाचनमा मल्लले एमालेको साथ खोजेका छन् । डडेलधुरामा एमालेबाट पठनसिंह बोहरा प्रतिनिधिसभा सदस्यमा उम्मेदवारका आकांक्षी देखिएका छन् । यस्तै वर्तमान समसामयिक राजनीति, देशको अर्थतन्त्र, नागरिकता विधेयक, प्रधानन्यायाधीश प्रकरणबारे समेत गहन छलफल भएको मल्लको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप