इरानमा हिजाबविरोधी प्रदर्शन चर्कियो, ५० जनाको मृत्यु
इरानमा हिजाब विरोधी तीव्र चर्किएको छ । आचरणसम्बन्धी प्रहरीको पक्राउपछि हिरासतमै मृत्यु भएकी एक युवतीको विषयलाई लिएर एक सातादेखि फैलिएको सरकार विरोधी हिंसामा मृत्यु हुनेको संख्या ५० पुगेको छ । हिरासतपछि तीन दिन कोमामा रहेकी २२ वर्षीया कुर्द महसा अमिनीको मृत्यु भएको थियो । खुकुलो हिजाब लगाएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको थियो । महिलाहरुले लगातार ८ औँ रात शुक्रबार देशका विभिन्न स्थानमा प्रदर्शन गरेका छन् ।
अहिलेसम्मको प्रदर्शनमा कम्तीमा ५० प्रदर्शनकारीको मृत्यु भएको ओस्लोमा रहेको मानवअधिकारवादी समूह इरान ह्युमन राइट्सले जनाएको छ । यो संख्या सरकारले सार्वजनिक गरेको भन्दा तीन गुण बढी हो । यसअघि सरकारले एक सातायता निरन्तर भएका प्रदर्शनमा १७ जनाको मृत्यु भएको जनाएको थियो ।
सामाजिक सञ्जालमा फैलिएको आधिकारिक फुटेजमा सरकार समर्थित जुलुसहरू तितरबितर भएको केही घण्टापछि राजधानी तेहरानका विभिन्न स्थानमा साँझ परेपछि जम्मा भएर हिजाबविरोध प्रदर्शन गरेका देख्न सकिन्छ । हिंसा भड्किएपछि सरकारले विभिन्न स्थानमा इन्टरनेट सेवामा रोक लगाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक प्रहरीद्वारा एकै दिन २० लाख बढी राजस्व सङ्कलन
-
टेलर स्विफ्ट र फुटबलर ट्राभिस केल्सी विवाह बन्धनमा बाँधिए
-
एलिना र हिमाल सागरको गीत ‘ताकधिन् ताकधिन्’ सार्वजनिक
-
घानालाई १–० ले हराउँदै कोलम्बिया अन्तिम १६ मा प्रवेश
-
बालेन सरकारले १०० दिने उपलब्धि सार्वजनिक गर्दै
-
कर्णालीमा बेपत्ता गाडी र यात्रुको खोजीको लागि कुरिनटारबाट सोनार क्यामरा र म्याग्नेटसहितको टोली पठाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण