लोसपाका प्रमुख सचेतक अरगरिया एमाले प्रवेश
शनिबार, ०८ असोज २०७९, १६ : ३६
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का प्रमुख सचेतक तथा पूर्व मन्त्री उमाशंकर अरगरिया नेकपा एमालेमा प्रवेश गरेका छन् । धनुषाको तिनकोरियामा एमालेद्वारा आयोजित जनसभा तथा वृहत् पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले नेता अरगरियालाई पार्टीमा स्वागत गरे ।
०७४ मा धनुषा क्षेत्र नम्बर २ बाट उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरमबाट अरगरिया निर्वाचित भएका थिए । पछि लोसपामा पुगेका अरगरिया ओली नेतृत्वकै सरकारमा पर्यटन मन्त्री बनेका थिए ।
१४ हजार बढी मतान्तरले निर्वाचन जितेको अरगरिया आफ्नो क्षेत्रमा प्रभावशाली नेता मानिन्छन् । उनले आफ्नो क्षेत्रबाट लोसपाका अधिकांश नेता लिएर एमालेमा पुगेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रेलमा सरकार : बथनाह–विराटनगर मार्ग निर्माणलाई तीव्रता
-
सबै स्थानीय तहमा उच्च गतिको इन्टरनेट सेवा विस्तार गरिने
-
ट्राफिक चाप घटाउन अण्डरपास र ओभरपास निर्माणलाई प्राथमिकता दिने घोषणा
-
यमनमा हैजाको प्रकोप बढ्दै गएको राष्ट्रसङ्घको चेतावनी
-
यस्ता छन् औद्योगिक क्षेत्रमा सरकारको योजना
-
नेपाललाई आकर्षक पर्यटकीय गन्तव्यको रूपमा विकास गरिने