झापा गाउँपालिकामा सामाजिक स्वास्थ्य क्लिनिक, घर आँगनमै डाक्टर भेट्दा बिरामी हर्षित
“१२ वर्षदेखि मैले मुटु जँचाउँदै आएको डाक्टरलाई आफ्नै आँगनमा पाउँदा साह्रै नै खुशी भएकी छु” झापा गाउँपालिका वडा नं. ७ की स्थानीय फूलमाया राजवंशीले बताइन । मुटुको अप्रेशन गरिदिने डाक्टरलाई जचाउन करिब सय किमी टाढा जानुपर्ने बाध्यता रहेको राजवंशीले घरकै आँगनमा भेट्दा भावुक समेत भएकी थिइन ।
परिवर्तनका लागि सामाजिक अभियानले पाक्षिक रुपमा आयोजना गर्दै आएको निःशुल्क सामाजिक स्वास्थ्य क्लिनिकको २५ औं संस्करण सम्पन्न भएको छ । वरिष्ठ मुटु रोग विशेषज्ञ डा. प्रशान्त शाहले उक्त क्लिनिकमा मुटु राेग, मधुमेह र उक्त रक्तचापका विरामीहरुको स्वास्थ्य परीक्षण गरेका थिए ।
यस कार्यक्रमको २५ औं संस्करण झापा जिल्लाको झापा गाउँपालिका ७ मा आयोजना गरिएको अभियानका अध्यक्ष विष्णु बरालले बताए ।
नेपाल हृदय रोग प्रतिष्ठान झापा, रोटरी क्लब अफ सुरुङा, रोटरी क्लब अफ बिर्तामोड मिडटाउन र झापागाउँपालिका वडा नं. ७को सहकार्यमा आयोजित उक्त क्लिनिकमा १०२ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । झापा गाउँपालिकाका अध्यक्ष जय नारायण शाहले अभियानबाट आयोजित कार्यक्रमप्रति खुशी व्यक्त गर्दै आफ्नो समेत स्वास्थ्य परिक्षण गराएका थिए ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्टाफ नर्स रेणु चौधरीले मधुमेह र उच्च रक्तचाप परिक्षण गरेकी थिइन । कार्यक्रममा बिरामीहरुको निःशुल्क मधुमेह परिक्षण र औषधी वितरण समेत गरिएको थियो ।
त्रिभुवन बरालको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा वर्षा अग्रवाल, जेनिश शाक्य, प्रशान्त अग्रवाल, निशान नेपाललगायतका अभियनताहरुको सक्रिय सहभागिता रहेको थियो । नेपाल हृदय रोग प्रतिष्ठान झापाका अध्यक्ष कुमारमणि पोखरेलले अभियानले यति टाढा पनि आएर झापावासीको लागि यस्तो कार्य गरेकोमा खुशीव्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण