रुसको स्कुलमा गोलीबारी, कम्तिमा १३ जनाको मृत्यु
मध्य रुसको एक विद्यालयमा भएको गोलीकाण्डमा कम्तिमा १३ जनाको मृत्यु भएको छ भने कयौँ घाइते भएका छन् । इज्हेभ्स्क सहरमा रहेको स्कुलमा भएको सो गोलीकाण्डमा मारिनेमा ७ जना विद्यार्थीहरू रहेका छन् ।
घटनामा आक्रमणकारीले आफैलाई गोली हानेको बताइएको छ । हालसम्म घटनाको कारण खुल्न सकेको छ । उद्धारकर्ताहरू घटनास्थलमा पुगिसकेका छन् । रुसी मिडियाले स्कुलको भवनभित्रको भिडियो सार्वजनिक गरेका छन् जहाँ विद्यार्थीहरू आत्तिएको देख्न सकिन्छ । केही भिडियोमा कक्षाकोठाको भुइँमा रगत र सिसामा गोलीको दुलो लगायत देख्न सकिन्छ ।
मारिने अन्यमा दुई जना शिक्षक र दुईजना सेक्युरिटी गार्डसमेत रहेको रुसी अधिकारीहरूले जानकारी दिएका छन् । विद्यालय भवनलाई अहिले खाली गरिएको छ । स्थानीय अधिकारीले आक्रमणकारीले दुईवटा पिस्तोल बोकेर आएको बताएका छन् । एक भिडियोमा सम्भावित आक्रमणकारी नाजीको सङ्केत भएको टिसर्ट लगाएर भुइँमा मृत देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण