अन्तर्राष्ट्रिय गन्तव्यमा ‘अनलाइन टिकट बुकिङ’ सुरु
सोमबार, १० असोज २०७९, १६ : ००
नेपाल वायु सेवा निगमले आजदेखि आफ्नो उडान सेवा भएका सबै अन्तर्राष्ट्रिय गन्तव्यमा अनलाइन टिकट बुकिङ सुरु गरेको छ । अन्तर्राष्ट्रिय गन्तव्यमा यात्रा गर्ने यात्रुले आजदेखि अनलाइनमार्फत टिकट लिन सक्ने व्यवस्था मिलाइएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् ।
उनका अनुसार यात्रुले विश्वको कुनै पनि ठाउँबाट निगमको वेबसाइटबाट अनलाइन बुकिङ गरी टिकट खरिद गर्न सक्नेछन् । निगमले अहिले दिल्ली, मुम्बई, बेङगलोर, दुबई, दोहा, हङकङ, क्वालालाम्पुर, बैंकक, नारिता र रियादमा आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ । अनलाइन टिकेटिङ सेवामार्फत संसारभरका यात्रुलाई टिकट खरिदमा सहजता हुने निगमले विश्वास लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण