इरानमा हिजाबविरोधी प्रदर्शन : कम्तीमा ७५ प्रदर्शनकारीको मृत्यु
मङ्गलबार, ११ असोज २०७९, ०८ : ३०
इरानमा सुरु भएको हिजावविरोधी प्रदर्शनमा ७५ जनाको मृत्यु भएको छ । ओस्लोमा रहेको मानवअधिकारवादी समूह इरान ह्यूमन राइट्स (आइएचआर)ले उक्त जानकारी दिएको हो ।
आचरणसम्बन्धी प्रहरीको पक्राउपछि हिरासतमै मृत्यु भएकी एक युवतीको विषयलाई लिएर ११ दिनदेखि इरानमा सरकारविरोधी प्रदर्शनहरु भइरहेका छन् । प्रहरीसँगको झडपमा दर्जनौ प्रदर्शनकारीको मृत्यु भएको छ । तर इरानी अधिकारीहरुले भने प्रदर्शनमा ४१ जनाको मात्र मृत्यु भएको दाबी गरेको छ ।
हिरासतपछि तीन दिन कोमामा रहेकी २२ वर्षीया महसा अमिनीको १६ सेप्टेम्बरमा मृत्यु भएको थियो । खुकुलो हिजाब लगाएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको थियो । यसबीच, महिलाहरुले लगातार ११ औँ रात इरानका विभिन्न स्थानमा प्रदर्शन गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभा बैठक आइतबारसम्म स्थगित
-
आपसी सहकार्यलाई अझ सुदृढ बनाउँदै लैजानुपर्छ : प्रधानन्यायाधीश श्रेष्ठ
-
प्रधानमन्त्रीले छलफलका लागि कांग्रेसका नेताहरूलाई बोलाए
-
बानेश्वरमा राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठक
-
सुर्खेत गोलीकाण्डका मुख्य अभियुक्त गिरी पक्राउ
-
न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमन चयन कायम हुन्छ : राष्ट्रपति पौडेल