कोइराला पक्षले भ्रम छरेको भन्दै कांग्रेस प्रवक्ताले पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले नेता शेखर कोइराला पक्षले पार्टीभित्र उत्पन्न गरेको भ्रमका सन्दर्भमा पत्रकार सम्मेलन गर्ने भएको छ । मंगलबार दिउँसो ३ बजे पार्टी कार्यालय सानेपामा प्रवक्ता प्रकाशशरण महतले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
कोइराला पक्षले समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची निर्माणमा संस्थापन पक्षले एकलौटी गरेको भन्दै विरोध गरिरहेको छ । असोज १४ गतेसम्म बन्दसूची नसच्याए कडा कदम चाल्ने कोइराला पक्षको चेतावनी छ ।
उसले १२ गते पार्टी कार्यालयमा धर्ना कार्यक्रम राखेको छ । शुक्रबारदेखि कोइराला पक्षले सभापति शेरबहादुर देउवामाथि दबाब बढाउन खबदारी भेला गर्दै आएको छ । चुनावको मुखमा पार्टीभित्र बखेडा झिक्ने काम भएको भन्दै संस्थापन पक्षले पत्रकार सम्मेलन गर्न लागेको बुझिएको छ ।
प्रवक्ता महतका अनुसार समानुपातिकको बन्दसूचीमा कुनै पनि नेताको ‘नोट अफ डिसेन्ट’ छैन । उनले भने, ‘पार्टीभित्र सर्वसम्मत भएको निर्णयबारे सडकमा भ्रम छर्ने काम भइरहेको छ । चुनावको भेला पार्टीभित्र बखेडा झिक्नु राम्रो भएन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण