सरुवारोग विशेषज्ञ डा शेरबहादुर पुनलाई स्वास्थ्य सेवा पुरस्कार
मङ्गलबार, ११ असोज २०७९, १२ : ५१
सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनलाई ‘अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार– २०२२’ दिइने भएको छ । शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सरुवारोग विशेषज्ञ डा पुनलाई एनआरएनए नन रेसिडेन्ट नेपाली एसोसिएसन क्यालिफोर्निया अमेरिकाले स्वास्थ्य सेवा पुरस्कार दिन लागेको हो ।
डा.पुनले एसोसिएसनबाट ११ सय डलरको पुरस्कार पाउने भएका हुन् । डा पुनले प्राणघातक संक्रामक रोगबाट जोगाउन खेलेको योगदानको प्रशंशा गर्दै सो पुरस्कार प्रदान गर्न लागिएको एसोसिएसनले जनाएको छ ।
‘तपाईंले गर्नुभएको योगदानको उच्च प्रशंशा गर्दै हाम्रो संस्था एनआरएनए नन रेसिडेन्ट नेपाली एसोसिएसन क्यालिफोर्निया अमेरिकाले स्थापना गरेको यो वर्षको अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार २०२२ तपाईलाई समर्पण गर्ने निर्णय गरेका छौं,’ एसोसिएसनले पठाएको पत्रमा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन आग्रह
-
यूके पठाइदिने भन्दै ठगी गर्ने महिला पक्राउ
-
फिफा विश्वकप : इतिहास दोहोर्याएको स्पेन (भिडियो)
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
-
जन्तर मन्तरबाट ककरोच जनता पार्टीका प्रदर्शनकारी हटाइए, प्रहरीद्वारा लाठीचार्ज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण