सरुवारोग विशेषज्ञ डा शेरबहादुर पुनलाई स्वास्थ्य सेवा पुरस्कार
मङ्गलबार, ११ असोज २०७९, १२ : ५१
सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनलाई ‘अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार– २०२२’ दिइने भएको छ । शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सरुवारोग विशेषज्ञ डा पुनलाई एनआरएनए नन रेसिडेन्ट नेपाली एसोसिएसन क्यालिफोर्निया अमेरिकाले स्वास्थ्य सेवा पुरस्कार दिन लागेको हो ।
डा.पुनले एसोसिएसनबाट ११ सय डलरको पुरस्कार पाउने भएका हुन् । डा पुनले प्राणघातक संक्रामक रोगबाट जोगाउन खेलेको योगदानको प्रशंशा गर्दै सो पुरस्कार प्रदान गर्न लागिएको एसोसिएसनले जनाएको छ ।
‘तपाईंले गर्नुभएको योगदानको उच्च प्रशंशा गर्दै हाम्रो संस्था एनआरएनए नन रेसिडेन्ट नेपाली एसोसिएसन क्यालिफोर्निया अमेरिकाले स्थापना गरेको यो वर्षको अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार २०२२ तपाईलाई समर्पण गर्ने निर्णय गरेका छौं,’ एसोसिएसनले पठाएको पत्रमा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिशहोमले विभिन्न १५ वटा सहरमा रोड-शो गर्दै
-
उत्पादन र उपभोग बढाउन स्वदेशी उद्योगको प्रवर्द्धन जरुरी : उद्योगीमन्त्री
-
विश्व बैंकद्वारा ८० मिलियन डलर ऋण स्वीकृत
-
जसपा विभाजनपछि समाजवादी मोर्चाको भविष्य अन्योलमा, के गर्दैछन् विप्लव ?
-
गण्डकीका मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी विवाद : कांग्रेसद्वारा सर्वोच्चमा रिट दर्ता
-
विभिन्न ६ स्थानमा आगलागी, लाखौँको क्षति