नेपाली बजारमा ओला इलेक्ट्रिकको स्कुटर
भारतीय विद्युतीय सवारी साधन कम्पनी ओला इलेक्ट्रिकले बिहीबार सीजी मोटर्ससँगको साझेदारीमा नेपालमा प्रवेश गरेको घोषणा गरेको छ । एमओयू अन्तर्गत, ओला इलेक्ट्रिकले नेपालमा आफ्ना उत्कृष्ट ओला एस१ स्कुटर (एस१ र एस१ प्रो) लन्च गर्नेछ। ओला एस१ स्कुटरहरू अर्को त्रैमासिकदेखि नेपालमा उपलब्ध हुनेछन्।
“विश्वव्यापी रूपमा हाम्रो ईभी पहुँचलाई तीव्र पार्दै, हामी हाम्रा नेपाली ग्राहकहरूका लागि यी विशेषतायुक्त, उच्च प्रविधियुक्त, सेगमेन्ट-फर्स्ट स्कुटरहरू ल्याउन पाउँदा गर्व गर्छौं। भारतदेखि विश्वमा विद्युतीकरण निर्माण गर्ने हाम्रो ठूलो लक्ष्यमा निश्चित कदम चाल्दै, ओला एस१ स्कुटरहरू नेपालजस्ता जीवन्त बजारहरूमा पनि प्रवेश गरेको देख्न पाउँदा हामी उत्साहित छौं, " ओला इलेक्ट्रिकका ग्लोबल सेल्स र वितरणका प्रमुख वाई. एस. किमलाई एक प्रेस विज्ञप्तिमार्फत भनेका छन् ।
सीजी मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त अग्रवालले ओलासँगको साझेदारी सीजी मोटर्स र नेपालको ईभी क्षेत्रका लागि महत्वपूर्ण कोसेढुङ्गा भएको बताए । "ओला एस१को अत्याधुनिक टेक्नोलोजी र सुविधाहरू सहित विश्वकै उत्कृष्ट स्कुटर हो र हामी संयुक्त रूपमा यो उत्कृष्ट उत्पादनलाई विद्युतीय यात्रा गर्न चाहने नेपाली उपभोक्ताहरूसमक्ष पुर्याउने प्रयास गर्छौं। हाम्रो राष्ट्रव्यापी बिक्री र समर्थन नेटवर्कद्वारा समर्थित हामी नेपालमा दुई पाङ्ग्रे सवारीको नम्बर १ ब्रान्ड बन्ने परिकल्पना गर्छौं', उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्क निर्माणका लागि स्थानीय आफैँले हटाउन सुरु गरे संरचना (तस्बिरसहित)
-
बलियो संघीयताको माग गर्दै जनमतले माइतीघरमा प्रदर्शन गर्ने
-
मोबाइलसँगै नष्ट भयो जन्मदर्ता पनि, प्रशासनले सुनेन अभिभावकको आग्रह
-
दक्षिण सुडानमा द्वन्द्व चर्किँदा तीन लाखभन्दा बढी विस्थापित
-
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु
-
देश नयाँ राजनीतिक संस्कारतर्फ अघि बढ्दैछ : सञ्चारमन्त्री तिमिल्सिना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण