युक्रेनमा कब्जा गरिएका भूभागमा भएको जनमत संग्रहमा जीत हासिल गरेको रुसको दाबी
युक्रेनको रुसी-नियन्त्रित क्षेत्रहरूमा गरिएका चार जनमतसंग्रह समाप्त भएको छ । यी भोटहरूलाई मस्कोले थप क्षेत्रहरू गाभ्ने आधारको रूपमा प्रयोग गर्न सक्ने पश्चिमा राष्ट्रहरुले चिन्ता व्यक्त गरेका ।
ती क्षेत्रहरूमा मस्को-स्थापित अधिकारीहरूले मतदानमा रूसमा सामेल हुनका लागि लगभग पूर्ण समर्थन रहेको दाबी गरिरहेका छन् । युक्रेनको सरकार र उसका सहयोगीहरुले यो मतदानलाई धोखाको रूपमा निन्दा गरेका थिए। अन्तर्राष्ट्रिय मान्यताको दिइएको थिएन भने प्रक्रियालाई स्वतन्त्र रूपमा अनुगमन गरिएको थिएन ।
खेरसन र जापोरिझ्झियाको दक्षिणी क्षेत्रका रुसी-कब्जा भएका भागहरूमा पनि मतदानको आयोजना गरिएको थियो। त्यस्तै डोनेट्स्क र लुहान्स्कका पूर्वी क्षेत्रहरूमा पनि मतदान भएको थियो।
रूसभर छरिएका शरणार्थीहरूले पनि दर्जनौँ मतदान केन्द्रहरूमा मतदान गरेका थिए थिए । जसमा सन् २०१४ मा रूसले कब्जा गरेको दक्षिणी युक्रेनी प्रायद्वीप क्राइमिया पनि रहेको थियो।
त्यहाँको मतदानको आंशिक परिणामहरूले रूसमा सामेल हुने पक्षमा ठूलो बहुमत देखाएको छ । युक्रेनको लगभग १५ प्रतिशत भूभाग ओगटेका युद्धग्रस्त क्षेत्रहरूमा ४० लाख मानिसहरूलाई मतदान गर्न भनिएको थियो। डोनेट्स्क र लुहान्स्कमा क्रेमलिन समर्थित प्रशासनद्वारा सञ्चालित समाचार एजेन्सीहरूले ९९.२३ प्रतिशत मानिसहरूले रूसमा सामेल हुने पक्षमा मतदान गरेको रिपोर्ट गरिरहेका छन् ।
बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केरा खेतीमा ‘ब्ल्याक डेथ’ को खतरा : ७५३ स्थानीय तहलाई ‘हाइ अलर्ट’
-
काठमाडौँ सडक सहयोगापेक्षी मानवमुक्त घोषणा
-
हिमालीबाहेक गण्डकीका सबै जिल्लामा रास्वपाको नयाँ नेतृत्व
-
‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उच्च शिक्षादेखि आयोगका परीक्षामा मोबाइल तथा इलेक्ट्रोनिक डिभाइस लगेमा के हुन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण