अर्थचित्र विमोचन, ३ आर्थिक पत्रकार पुरस्कृत
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आफ्नो वार्षिक जर्नल विमोचन गरेको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रको उपस्थितिमा आफ्नो वार्षिक जर्नल ‘अर्थचित्र’विमोचन गरेको हो। विमोचित जर्नल आत्मनिर्भर अर्थतन्त्र विषयमा केन्द्रित छ ।
बुधबारै नाफिजले आफ्ना सदस्यलाई महत्वपूर्ण पुरस्कारहरू समेत वितरण गरेको छ । शारदा–ढुण्डीराज भट्टराई नाफिज आर्थिक पत्रकारिता पुरस्कार १ जनालाई र सिबिफिन–नाफिज बैंकिङ पत्रकारिता पुरस्कार २ जनालाई प्रदान गरिएको हो ।
आर्थिक पत्रकारितामा सबैभन्दा ठूलो १ लाख रुपैयाँ धनराशिको ‘शारदा– ढुण्डीराज भट्टराई नाफिज आर्थिक पत्रकारिता पुरस्कार खेमराज श्रेष्ठ पुरस्कृत भएका छन् भने ‘सिबिफिन–नाफिज बैंकिङ पत्रकारिता पुरस्कार (५० हजार राशि)’ बाट विजय पराजुली र अनुप आचार्य पुरस्कृत भएका छन ।
उनीहरुलाई नगद र पुरस्कार सँगै प्रमाणपत्र पनि वितरण गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पठाओले थप्यो ‘कार प्लस’ सुविधा, एसी जडित प्रिमियम कारमा यात्रा गर्न पाइने
-
किसानले के आधारमा पाउँछन् परिचयपत्र ? यस्तो छ नियमावली
-
सिन्धुलीमा रहेका बागमती प्रदेशका मुख्यमन्त्री बिरामी, काठमाडौँबाट हेलिकोप्टर पठाइयो
-
स्रोत नखुलेको रकमसहित एक जना पक्राउ
-
एक हजारको नक्कली नोटसहित महिला पक्राउ
-
उपेन्द्र यादव नेतृत्वको जसपाले सरकारलाई दिएको समर्थन कायम राख्ने