काँग्रेस प्रतिनिधिमाथि खुकुरी प्रहार, एमाले नेतृ झाँक्री प्रहरी नियन्त्रणमा
गुल्मी– गुल्मीको मालिका गाउँपालिकास्थित म्यालपोखरी मतदान केन्द्रमा नेपाली काँग्रेसका प्रतिनिधिमाथि खुकुरी प्रहार भएको छ । काँग्रेस प्रतिनिधि हरेराम खत्रीसहित दुई जनामाथि खुकुरी प्रहार भएको काँग्रेस नेता खिलध्वज पन्थीले जानकारी दिए ।
खत्रीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले एमाले नेतृ रामकुमारी झाँक्रीलाई नियन्त्रणमा लिएको छ । दुई पक्षबीच विवाद हुँदा झाँक्रीलाई सुरक्षित स्थानमा ल्याइएको जिल्ला प्रहरी प्रमुख एसपी भोलाबहादुर रावलले बताए । मतदानका क्रममा दुई पक्षबीच ढुंगा हानाहान भएको र घटनाकोबारे विस्तृत जानकारी नआएको प्रहरी प्रमुख रावलले बताए ।
नेपाली काँग्रेसका स्थानीय कार्यकर्ताकाअनुसार झाँक्री नेतृत्वको एक समुहले खत्रीसहितका आफ्ना कार्यकर्तामाथि खुकुरी प्रहार गरी घाइते बनाएका हुन् ।
बुधबार विहान वाङलामा काँग्रेस कार्यकर्ता अनिल विकमाथि छुरी प्रहार भएको छ । छुरी प्रहार भइ घाइते विकको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ग्यासमा हुने कालोबजारी नियन्त्रण गर्न समितिको निर्देशन
-
मधेस प्रदेशमा आर्थिक विनियोजन विधेयक पारित
-
सिद्धिडाँडामा प्रचारप्रसार र पूर्वाधार आवश्यकता
-
सरकारले बर्डफ्लुबाट कुखुरा मरेपछि पीडित किसानलाई ५० करोड ७१ लाख राहत उपलब्ध गरायो
-
चीनको आर्थिक वृद्धि तीन वर्षयताकै न्यून
-
कुवेत र बहराइनकाे दाबी : इरानी हवाई आक्रमण विफल पार्याैँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण