खाद्यले माग्यो विभिन्न पदमा १०६ कर्मचारी
शुक्रबार, १४ असोज २०७९, ०९ : ११
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि कम्पनी आवेदन आह्वान गरेको हो ।
योग्यता पुगेका व्यक्तिले दशौं तहदेखि चौथो तहसम्मका कर्मचारीका लागि आवेदन दिन सकिनेछ । कम्पनीले विभागीय प्रबन्धक २ जना, सह-विभागीय प्रबन्धक ६ जना, वरिष्ठ अधिकृत ६ जना अधिकृत १० जना, वरिष्ठ सहायक १९ जना, अटो मिल मेकानिक्स १ जना, मिल अपरेटर १ जना र सहायक ६१ जना कर्मचारी आव्हान गरेको छ ।
कात्तिक ३ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सकिने कम्पनीले जनाएको छ । दोब्बर दस्तुर बुझाएर कात्तिक १० गतेसम्म आवेदन दिन सकिने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण