आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

जुम्लामा पहिरोमा पुरिएर ५ जनाको मृत्यु, दुई जना बेपत्ता

शनिबार, २२ असोज २०७९, ०४ : ००
शनिबार, २२ असोज २०७९

अविरल वर्षापछिको पहिरोमा पुरिएर जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ५ मा पाँच जनाको मृत्यु भएको छ । 

पहिरोमा दुई जना बेपत्ता भएको र  दुई जनाको जिवितै उद्धार गरिएको  प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरी जानकारी दिए । 

बुधबारदेखि जारी अबिरल वर्षाका कारण जिल्लका प्रमुख राजमार्ग र ग्रामिण सडकहरू अवरुद्ध भएका छन् । जसका कारण यात्रुहरूको बिचल्ली भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप