सिरहामा बम विष्फोट, बाबु–छोरासहित तीन घाइते
शुक्रबार, ०७ पुस २०७४, १४ : ३८
सिरहा । सिरहाको सदरमुकाममा रहेको मालपोत कार्यालयमा शुक्रबार दिँउसो बम विष्फोट भएको छ ।
विष्फोटमा परेर तीन जना घाइते भएका छन् । उनीहरुको सदरमुकाम लहनस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
घाइते हुनेमा ५० वर्षीय राजकुमार पासवान, उनका छोरा ३० वर्षीय रोशन पासवान र अन्दाजी ४० वर्षीय पवन पासवान रहेका छन् ।
हालसम्म कसैले पनि विष्फोटको जिम्मेवारी लिएको छैन ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी शेखर कोइरालाका अनुसार कसले विष्फोट गराएको भन्ने हालसम्म खुल्न सकेको छैन । ‘अनुसन्धान गर्दैछौँ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण