शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

यस्ता छन् जसपाका उम्मेदवार (सूची)

शनिबार, २२ असोज २०७९, २१ : २२
शनिबार, २२ असोज २०७९

जनता समाजवादी पार्टी (जसपा) ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार टुङ्गो लगाएको छ ।
     
नेकपा (एमाले)सँग तालमेल गरेको जसपाले आज पार्टीकातर्फबाट उम्मेदवारको टुङ्गो लगाएको हो । जसपाका प्रवक्ता मनिष कर्णका अनुसार तराईका सङ्घीय परिषद् अध्यक्ष अशोक राई सुनसरी निर्वाचन क्षेत्र १ बाट उम्मेदवार बन्ने भएका छन् । 

पूर्वमन्त्री रेणु यादव मधेस प्रदेशसभाको उम्मेदवारका लागि सिफारिस गरिएको छ । उनी सिरहा–३ ख बाट प्रदेशसभा उम्मेदवार छन् । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत पनि प्रदेशमै दोहोरिएका छन् । 

त्यस्तै सङ्घीय मन्त्रीद्वय प्रदीप यादव पर्सा १ र मोहम्मद इस्तियाक राई बाँके २ बाट उम्मेदवार बनेका छन् । पूर्वमन्त्री राजकिशोर यादव सिरहा २ का लागि उम्मेदवार बन्नेछन् ।

जसपाले टुङ्गो लगाएका उम्मेदवारको सूचीः

सुनसरी १ – अशोक राई
सप्तरी ३ (ख) – विदेश्वर यादव
सिरहा १ (ख) – राजकुमार गुप्ता
सिरहा २ – राजकिशोर यादव
सिरहा २ (ख) – विजय यादव
सिरहा ३ (ख) – रेणु यादव
सिरहा ४ – डा वीरेन्द्र महतो
सिरहा ४ (ख) – सुरेश मण्डल
धनुषा १ – दीपक कार्की
धनुषा १ (क) – सुकेश्वर यादव
धनुषा २ (क) – शैलेन्द्र यादव
धनुषा २ (ख) – रामअशिष यादव
घनुषा ३ (क) – जीतेन्द्र यादव
घनुषा ४ (क) – ज्ञानेन्द्र यादव
महोत्तरी १ (ख) – राम श्रेष्ठ महतो
महोत्तरी २ (क) – धर्मेन्द्र साह
महोत्तरी ३ – हरिनारायण यादव
महोत्तरी ३ (क) – दीपेन्द्र झा
महोत्तरी ४ – डा सुरेन्द्र यादव
महोत्तरी ४ (ख) – सरोजकुमार सिंह
सर्लाही १ – प्रमोद साह
सर्लाही १ (क) –––
सर्लाही २ (ख) – अशोक यादव
सर्लाही ३ (ख) – सञ्जय यादव
सर्लाही ४ – राकेश मिश्रा
सर्लाही ४ (ख) – उदयकान्त मिश्र
रौतहट १ (ख) – योगेन्द्र यादव
रौतहट २ (ख)–––
सर्लाही ३ क) – रामाश्रय चौघरी
सर्लाही ४ (ख) – शेष अबुल कलाम
बारा १ (ख) – सरोजकुमार यादव
बारा २ – रामसहाय प्रसाद यादव
बारा २ (ख) – बच्चा राउत अहिर
बारा ३ – रामबाबुकुमार यादव
बारा ३ (क) – भरत खड्गा
बारा ३ (ख)– पारसप्रसाद साह
बारा ४ (ख) – आत्माराम साह
पर्सा १ – प्रदीप यादव
पर्सा १ (ख)– लालबाबु राउत
पर्सा २ – सुरेन्द्र कुर्मी
पर्सा २ (क) – रामनरेश यादव
पर्सा ३ (ख) – डा मघु गुप्ता
पर्सा ४ (ख) – सिंहासन साह कलवार
बांके २– मो इस्तियाक राई ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप