कांग्रेस नेता लालबाबु सिंह लोसपा प्रवेश, बारा–३ मा उम्मेदवारी दिने
सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेदवारी दिन नेपाली कांग्रेस नेता लालबाबु सिंह लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रवेश गरेका छन् । लोसपा प्रवेश गरे लगत्तै सिंहले बारा–३ मा सत्तारुढ गठबन्धनको तर्फबाट टिकट पाएका छन् ।
यसअघि सो निर्वाचन क्षेत्रमा जनता समाजवादी पार्टीका नेता प्रमोद गुप्ता लोसपा प्रवेश गरेर उनको टिकट निश्चित प्रायः भएको थियो । तर गुप्ताको विवादित छवि भएको भन्दै आलोचना भएपछि कांग्रेस नेता सिंह आईतवार लोसपा प्रवेश गरेर टिकट लिएका हुन् । सिंह २०७४ को निर्वाचनमा बारा क्षेत्र नं ४ बाट तत्कालिन राजपा उम्मेदवार एकवाल मियासँग पराजित भएका थिए । बारा जिल्ला सभापति समेत भएर लामो समय कांग्रेसमा राजनीति गरेका सिंह आसन्न निर्वाचनमा टिकटकै लागि लोसपा प्रवेश गरेका हुन् ।
सिंहको उम्मेदवारी निश्चित भएसँगै बारा –३ मा जसपाबाट रामबाबु कुमार यादव, एमालेको तर्फबाट ज्वाला साह र सत्तारुढ गठबन्धनको तर्फबाट सिंहबीच प्रतिष्पर्धा हुने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण