रुपन्देही –५ : एमालेका उम्मेदवार घिमिरे कि भट्टराई ?
रुपन्देही निर्वाचन क्षेत्र नम्बर ५ मा एमालेबाट २ जनाको उम्मेदवारी दर्ता भएपछि कुन उम्मेदवार आधिकारिक हुन् भन्ने जिज्ञासा कार्यकर्तामा पलाएको छ । एमालेले सुरुमा बासुदेव घिमिरेलाई टिकट दिएको थियो ।
पछि पार्टीले घिमिरेको उम्मेदवारी भुलवस भन्दै उनको ठाउँमा खिमलाल भट्टराईलाई उम्मेदवार बनाएको पत्र निर्वाचन आयोगको कार्यलयमा बुझाएको थियो । पहिला उम्मेदवार भनेर टिकट पाएका घिमिरेले आइतबार भट्टराईभन्दा अगाडि उम्मेदवारी दर्ता गरेका थिए । उनको उम्मेदवारी दर्ता भइसकेपछि एमालेबाटै खिमलाल भट्टराईले उम्मेदवारी दर्ता गरेका थिए ।
एउटै दलबाट दुई जनाको उम्मेदवारी परेपछि एमालेको उम्मेदवार को हो भनेर पार्टीको आधिकारिक जानकारी लिएर एकजनाको उम्मेदवारी रद्ध गरिने निर्वाचन आयोगले जनाएको छ । आयोगका सहप्रवक्ता सूर्यप्रसाद आर्यालले एउटा पार्टीबाट एउटै निर्वाचन क्षेत्रमा २ जना उम्मेदवारको मनोनयन दर्ता नहुने भन्दै कुन उम्मेदवार आधिकारिक हो भन्ने बुझेर एक जनाको नाम हटाइने जानकारी दिए ।
सोमबार उम्मेदवारको दावी विरोधको कार्यक्रम रहेको छ । मंगलबारसम्म निर्वाचन अधिकृतले दुईमध्ये एकजनाको नाम हटाउने उनले बताए । यसैबीच घिमिरेले क्षेत्र नम्बर ५ मा पार्टीले टिकट दिएकैले उम्मेदवारी दर्ता गरेको प्रतिक्रिया दिएका छन् । ‘पार्टीले मलाई टिकट दिएकैले उम्मेदवारी दिएको हो । उम्मेदवारी दिइसकेपछि निर्वाचन ऐन अनुसार अगाडि बढ्नेबाहेकको विकल्प छैन’, रातोपाटीले उम्मेदवारी फिर्ता लिनुहुन्छ कि स्वतन्त्र लड्नुहुन्छ भनेर गरेको प्रश्नमा भने, ‘निर्वाचन ऐन अनुसार गर्छु । म पार्टीको इमान्दार कार्यकर्ता भएकाले ऐन अनुसार नै चल्छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपाली प्रकरण ओझेलमा पार्न सरकारकै आडमा त्रास फैलाइयो : मल्ल
-
राजमार्ग खुला भएसँगै नयाँ बसपार्कमा बढ्यो चहलपहल, तस्बिरहरु
-
देश निराशा र सङ्कटमा छ, लोकतन्त्र समाप्त भए कोही रहँदैनौँ : डा. अमरेश सिंह
-
आज सुनको मूल्य प्रतितोला १२ सयले घट्यो
-
नाइजेरियाको बेनु राज्यमा बन्दुकधारीको आक्रमण, कम्तीमा १८ जनाको मृत्यु
-
सुरक्षा घेराभित्र लुकेर हिँड्ने अनधिकृत पात्रहरूको आतङ्क बढ्यो : निश्कल राई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण