रुसले हमलामा ७५ मिसाइल र इरानी ड्रोन प्रयोग गर्यो : जेलेन्स्की
मङ्गलबार, २५ असोज २०७९, ०७ : २७
रुसले सोमबार युक्रेनी शहरहरूमा बमबारी गरेर सर्वसाधारणको हत्या र पूर्वाधारमा ठूलो क्षति गराएको छ । आक्रमणमा रुसले इरानी ड्रोन प्रयोग गरेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् ।
राजधानी किभ र दक्षिण पश्चिमका सहरहरूलाई लक्षित गरी घातक हमला भएको देशको सेना प्रमुखले बताएका छन् । युक्रेनमा कम्तीमा ७५ वटा मिसाइल प्रहार गरेको उनले बताएका छन् । केही साताको अन्तरालपछि रुसी सेनाले शृंखलाबद्ध हमला गरेको थियो । हमलामा देशको उर्जा पूर्वाधारमा पनि ठूलो क्षति भएको राष्ट्रपति जेलेन्स्कीले बताएका छन् ।
‘हामी आतंककारीहरूसँग लडिरहेका छौं । दर्जनौं मिसाइल र ड्रोनले देशभरका उर्जा फ्यासिलिटिजमा निशाना बनाइएको छ’, जेलेन्स्कीले सामाजिक सञ्जालमा लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण