प्रकटलाई गीतकार सम्मान प्रदान गरिने
गीतकार प्रतिष्ठान, नेपालले गीतकार प्रकट पंगेनी ‘शिव’ लाई ‘गीतकार सम्मान २०७९’ प्रदान गर्ने भएको छ । प्रतिष्ठानले आफ्नो दोस्रो साधारण सभाका अवसरमा पंगेनीलाई सो सम्मान प्रदान गर्ने भएको हो ।
गीत र गजललाई प्रमुख विधाका रूपमा साधनारत पंगेनीका ‘यो मन कतै अल्झेको छ’ र ‘जूनको चिठी जुना’लाई गरी दुई गीत सङ्ग्रह प्रकाशित छन् । यसका अलावा प्रणयवेदका ऋचाहरू (गजलसङ्ग्रह) र अक्षरभरि अक्षता (कवितासङ्ग्रह) उनका प्रकाशित कृतिहरू हुन् । तीसको दशकदेखि नै साहित्य साधनामा क्रियाशील प्रकटका चुलेसीमा..., वर ढले पीपलएक्लै...लगायत दर्जनौँ गीत चर्चित छन् ।
पगेनीलाई गीतकार प्रतिष्ठानले असोज २९ गते शनिबार पोखरामा आफ्नो दोस्रो साधारण सभासँगै सम्मान गर्ने कार्यक्रम रहेको सचिव अनुराग अधिकारीले जानकारी दिए ।
उनका अनुसार प्रतिष्ठानले गीतकारहरूको हकहितका लागि विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आएको छ । सोही अवसरमा आजीवन सदस्यहरूलाई प्रमाण पत्र प्रदान गरिने पनि उनको भनाइछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन आग्रह
-
यूके पठाइदिने भन्दै ठगी गर्ने महिला पक्राउ
-
फिफा विश्वकप : इतिहास दोहोर्याएको स्पेन (भिडियो)
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
-
जन्तर मन्तरबाट ककरोच जनता पार्टीका प्रदर्शनकारी हटाइए, प्रहरीद्वारा लाठीचार्ज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण