मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रकटलाई गीतकार सम्मान प्रदान गरिने

मङ्गलबार, २५ असोज २०७९, १० : १३
मङ्गलबार, २५ असोज २०७९

गीतकार प्रतिष्ठान, नेपालले गीतकार प्रकट पंगेनी ‘शिव’ लाई ‘गीतकार सम्मान २०७९’ प्रदान गर्ने भएको छ । प्रतिष्ठानले आफ्नो दोस्रो साधारण सभाका अवसरमा पंगेनीलाई सो सम्मान प्रदान गर्ने भएको हो ।

गीत र गजललाई प्रमुख विधाका रूपमा साधनारत पंगेनीका ‘यो मन कतै अल्झेको छ’ र ‘जूनको चिठी जुना’लाई गरी दुई गीत सङ्ग्रह प्रकाशित छन् । यसका अलावा प्रणयवेदका ऋचाहरू (गजलसङ्ग्रह) र अक्षरभरि अक्षता (कवितासङ्ग्रह) उनका प्रकाशित कृतिहरू हुन् । तीसको दशकदेखि नै साहित्य साधनामा क्रियाशील प्रकटका चुलेसीमा..., वर ढले पीपलएक्लै...लगायत दर्जनौँ गीत चर्चित छन् ।

पगेनीलाई गीतकार प्रतिष्ठानले असोज २९ गते शनिबार पोखरामा आफ्नो दोस्रो साधारण सभासँगै सम्मान गर्ने कार्यक्रम रहेको सचिव अनुराग अधिकारीले जानकारी दिए ।

उनका अनुसार प्रतिष्ठानले गीतकारहरूको हकहितका लागि विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आएको छ । सोही अवसरमा आजीवन सदस्यहरूलाई प्रमाण पत्र प्रदान गरिने पनि उनको भनाइछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप