बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

नाबालिग बलात्कार आरोपमा वडाअध्यक्षविरुद्ध जाहेरी

बुधबार, २६ असोज २०७९, ०७ : २६
बुधबार, २६ असोज २०७९

निजगढ नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष राजु श्रेष्ठविरुद्ध एक नाबालिगलाई जबर्जस्ती करणीको आरोपमा प्रहरीमा जाहेरी दिएकी छन् । पीडितका तर्फबाट वडा अध्यक्ष श्रेष्ठविरुद्ध मंगलबार ईलाका प्रहरी कार्यलय निजगढमा जाहेरी परेको हो ।

श्रेष्ठले १५ वर्षकी नाबालिकालाई जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ । दशैंको टीकाका दिन असोज १९ गते अध्यक्ष श्रेष्ठले आफ्नै घरमा आफूमाथि जबर्जस्ती करणी गरेको जाहेरी किशोरीले दिएकी हुन् । अध्यक्ष श्रेष्ठविरुद्ध उजुरी परेको प्रहरी स्रोतले पुष्टि गर्यो ।

‘अध्यक्ष श्रेष्ठविरुद्ध जबर्जस्ती करणीको आरोपमा पीडितका तर्फबाट उजुरी आएको छ, उजुरीमाथि प्रहरीले अनुसन्धान अघि बढाइसकेको र यस विषयमा अहिले बाहिर केही उल्लेख गर्न मिल्दैन,’ प्रहरी स्रोतले भन्यो ।

तर, यो विषय प्रारम्भिक अनुसन्धान भइरहेको भन्दै प्रहरीका कुनै पनि अधिकारी औपचारिक रूपमा बोल्न मानेनन् । गत वैशाखमा भएको स्थानीय निर्वाचनमा श्रेष्ठ नेपाली कांग्रेस पार्टीबाट वडा अध्यक्षमा विजयी भएका थिए । 
न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप