शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

कांग्रेस केन्द्रीय सदस्य कोइराला पार्टीबाट निष्कासित

बुधबार, २६ असोज २०७९, १६ : १४
बुधबार, २६ असोज २०७९

नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइराला पार्टीबाट निष्कासित भएका छन् । बुधबार दिउँसो १ बजेसम्म चितवन ३ बाट बागी उम्मेदवारी फिर्ता नलिएपछि उनी कांग्रेसबाट स्वतः निष्कासित भएका हुन् । 

चितवन ३ बाट प्रतिनिधिसभातर्फ कोइरालाले पार्टी निर्णयविपरीत बागी उम्मेदवारी दिएका थिए । सत्ता गठबन्धनबीच चितवन ३ माओवादीको भागमा परेको थियो । चितवन –३ मा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका डा। भोजराज अधिकारी उम्मेदवार छन् । 

कांग्रेसले मंगलबार प्रेस विज्ञप्ति जारी गरेर तोकिएको समय सीमाभित्र आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी फिर्ता नलिए ‘बागी’ उम्मेदवारसँगै प्रस्तावक र समर्थक पार्टीबाट स्वतः निष्कासित हुने चेतावनी दिएको थियो।

कोइराला पार्टीको १४ औं महाधिवेशनमा शेखर कोइराला समूहबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए । माओवादीसँगको तालमेलका कारण २०७४ को स्थानीय निर्वाचनमा कांग्रेसले कोइरालाबाट भरतपुर महानगरपालिका टिकट खोसेको थियो । 

पार्टीले आफूमाथि बारम्बार अन्याय गरेकाले माओवादीका उम्मेदवार अधिकारीविरुद्ध बागी उम्मेदवार बनेको कोइरालाको भनाइ छ । चितवन ३ मा उम्मेदवारी फिर्ता लिएको एमालेले आफूलाई समर्थन गरेको कोइरालाको दाबी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप