कांग्रेस केन्द्रीय सदस्य कोइराला पार्टीबाट निष्कासित
नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइराला पार्टीबाट निष्कासित भएका छन् । बुधबार दिउँसो १ बजेसम्म चितवन ३ बाट बागी उम्मेदवारी फिर्ता नलिएपछि उनी कांग्रेसबाट स्वतः निष्कासित भएका हुन् ।
चितवन ३ बाट प्रतिनिधिसभातर्फ कोइरालाले पार्टी निर्णयविपरीत बागी उम्मेदवारी दिएका थिए । सत्ता गठबन्धनबीच चितवन ३ माओवादीको भागमा परेको थियो । चितवन –३ मा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका डा। भोजराज अधिकारी उम्मेदवार छन् ।
कांग्रेसले मंगलबार प्रेस विज्ञप्ति जारी गरेर तोकिएको समय सीमाभित्र आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी फिर्ता नलिए ‘बागी’ उम्मेदवारसँगै प्रस्तावक र समर्थक पार्टीबाट स्वतः निष्कासित हुने चेतावनी दिएको थियो।
कोइराला पार्टीको १४ औं महाधिवेशनमा शेखर कोइराला समूहबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए । माओवादीसँगको तालमेलका कारण २०७४ को स्थानीय निर्वाचनमा कांग्रेसले कोइरालाबाट भरतपुर महानगरपालिका टिकट खोसेको थियो ।
पार्टीले आफूमाथि बारम्बार अन्याय गरेकाले माओवादीका उम्मेदवार अधिकारीविरुद्ध बागी उम्मेदवार बनेको कोइरालाको भनाइ छ । चितवन ३ मा उम्मेदवारी फिर्ता लिएको एमालेले आफूलाई समर्थन गरेको कोइरालाको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण