रामवीरको चुनाव चिह्न घण्टाघर
बुधबार, २६ असोज २०७९, १६ : ३०

नेकपा एमालेबाट विद्रोह गरेका नेता रामवीर मानन्धरले घण्टाघर चुनाव चिह्न पाएका छन् । मानन्धरले पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीको टिकट नदिएपछि काठमाडौं–७ बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
‘मेरो चुनाव चिह्न घण्टाघर कायम भएको छ’, बुधबार निर्वाचन आयोगले चुनाव चिह्न दिएपछि रातोपाटीलाई उनले बताए । सो क्षेत्रमा एमालेले श्यामप्रसाद घिमिरेलाई उम्मेदवार बनाएपछि मानन्धरले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका थिए ।
काठमाडौ ७ मा सत्तारुढ गठबन्धनले नेपाल समाजवादी पार्टीका मानुषी यमी भट्टराईलाई समर्थन गरेको छ भने जनता समाजवादी पार्टी (जसपा)बाट राजेन्द्र श्रेष्ठ उम्मेदवार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिसा साह मृत्यु प्रकरण : भुवनेश्वर प्रहरीले के भन्यो ?
-
कालीगण्डकी तर्न साँघुको भर
-
पुरानै संयोग जुर्दैछ मुम्बई इन्डियन्ससँग, उत्साही छन् समर्थक
-
कर्णालीको विकास बजेट कार्यान्वयन कसरी सुधार्ने ?
-
नागार्जुनमा बनाइएको बद्री नारायण धामको प्राणप्रतिष्ठाका अवसरमा कलश यात्रा (तस्बिरहरु)
-
कीर्तिपुर र सामाखुसीबिच बास्केटबल लिगको उद्घाटन खेल